-प्रधानसेनापति थापा अधिकृत क्याडेटहरुको दीक्षान्त समारोहमा

प्रधानसेनापति थापा अधिकृत क्याडेटहरुको दीक्षान्त समारोहमा

Hollywood Khabar March 17,2019 Comments

खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालन भईरहेको सि सं ५७ अ क्या तालिममा तालिमरत अधिकृत क्याडेटहरुको स्नातक तहको दीक्षान्त समारोहको २०७५ चैत्र ०४ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

सो समारोहमा प्रधानसेनापति थापाले एकेडेमीको विभिन्न विषयमा उत्कृष्ट अंक हासिल गरी एकेडेमी तर्फ प्रथम, द्धितिय र तृतिय हुने शिक्षार्थीहरु क्रमश सफलता श्रेष्ठ, सन्जोग कार्की र प्रज्वल खतिवडालाई पुरस्कृत गर्नु भएको थियो। उक्त दीक्षान्त समारोहमा पुरुष ५४, महिला ८ र विदेशी २ (केन्या र माल्दिभ्स) गरि जम्मा ६४ जना शिक्षार्थीहरु दीक्षित भएका थिए ।

दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तिर्थराज खनिया, अवकाश प्राप्त प्रधानसेनापतिहरु, प्राध्यापकहरु, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, अधिकृतलगायत अधिकृत क्याडेटका परिवारजनको समेत उपस्थिति रहेको कुरा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाबाट प्राप्त विज्ञप्तिमा उल्लेख गरिएको छ।