-तस्विर वेब

दुधमा पूर्णरुपमा आत्मनिर्भर बन्यो चितवन 

Hollywood Khabar June 11,2019 Comments

२९ जेठ, चितवन ।चितवन जिल्ला दुधमा  पूर्णरुपमा आत्मनिर्भर भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले गरेको अध्ययनले जिल्ला पूर्णरुपमा आत्मनिर्भर भएको देखाएको हो।जिल्लाको दूध उत्पादन र विश्व खाद्यको मापदण्डअनुसार चितवन दूधमा आत्मनिर्भर देखिएको छ। ६ लाख २५ हजार जनसंख्या रहेको चितवनमा दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ।

विश्व खाद्य सङ्गठनले एक व्यक्तिले स्वस्थ रहन एक दिनमा २५० मिलीलिटर तथा एक वर्षमा ९१ लिटर दूध प्रयोग दूध प्रयोग गर्नुपर्ने जनाएको छ ।जिल्लामा खपत भएर बाँकी रहेको एक लाख ३४ हजार लिटर दूध बाहिरी जिल्ला जाने गरेको छ ।जिल्लामा दूध दिने गाई ४९ हजार र १० हजार स्थानीय र नौ हजार उन्नतजातका भैँसी छन् ।चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेका अनुसार जिल्लामा १३८ दुग्ध उत्पादक सहकारीमध्ये १०४ क्रियाशीलरहेको बताए।