-तस्विर वेब

जङ्गली च्याउ खाँदा सातजना सिकिस्त 

Hollywood Khabar July 12,2019 Comments

२८,असार,बागलुङ।बागलुङमा जङ्गली च्याउ खाँदा सातजना अचेत भएका छन्।शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीया सुजाता थापा, उनका ५ वर्षीय छोरा आयुष, बडिगाड गाउँपालिका–३ शिसाखानी घर भइ ढोरपाटन–२ सेरामा डेरा गरी बस्दैआएका ३५ वर्षीय लेखबहादुर थापा, उनकी २४ वर्षीया श्रीमती प्रेमकुमारी पुन, ५ वर्षीय छोरा सन्दिप, सँगै बस्दैआएका १४ वर्षीय सहिस पुन र ढोरपाटन नगरपालिका–२ तारिखेतका ५८ वर्षीया मनिकला महत बिरामी परेका हुन् ।च्याउ खाएर अचेत भएकालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले बताए ।