-प्रधानसेनापति थापा

प्रधानसेनापति थापाद्वारा धनगढीस्थित ५ # बाहिनी अड्डाको निरीक्षण भ्रमण

Hollywood Khabar March 10,2019 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले २०७५ फाल्गुन २७ गते धनगढीस्थित नं.५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।

उहाँ आज सोहि बाहिनी अड्डामा मुकाम रहनु भई सुदूर पश्चिम पृतना हेड क्वाटर अन्तर्गतका विभिन्न युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न गरी २०७५ फाल्गुन २९ गते काठमाण्डौँ फिर्ता हुने कार्यक्रम रहेको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।