१५ मंसिर ,चितवन। चितवनमा भएको उपनिर्वाचनमा कांग्रेसका उमेदवार बिजयी भएका छन्।प्रचण्डको गृह जिल्ला एवं निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका १६को वडाध्यक्षमा अमृत हमाल ,खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत ५ मा प्रतिमा कार्की विजयी भएका हुन् ।
खैरहनीमा बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्। बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।नेकपाका अध्यक्ष प्रचण्डको प्रभाव क्षेत्रको रुपमा प्रचारित चितवनको खैरहनी नगरपालिका ५ मा नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!