-सांकेतिक तस्विर

चिर्पटले हानेर आफ्नै ठूलोबुबा र ससुराको हत्या

Hollywood Khabar July 08,2019 Comments

२५ असार,अछाम।अछाममा एक व्यक्तिले चिर्पटले हानेर आफ्नै ठूलोबुबा र ससुराको हत्या गरेका छन्।मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली स्थित ढुङ्गानीमा मंगलबार राति स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।