-रास्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिदै राजदुतहरु।

चार राजदूतले सपथ लिए 

Hollywood Khabar February 17,2019 Comments

६ फागुन,काठमाडौं।विभिन्न मुलुकका लागि नियुक्त चार राजदूतले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार शीतल निवासमा आयोजित समारोहमा मलेसियाको लागि उदयराज पाण्डे, फ्रान्सका लागि दीपक अधिकारी, संयुक्त अरब इमिरेट्सका लागि नेपालका कृष्णप्रसाद ढकाल, र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीले सपथग्रहण गरेका हुन्।कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सरकारी अधिकारीहरुको उपस्थिति थियो ।