साङ्केतिक तस्बिर:साभार वेब

चैतली मेला सञ्चालन गरेको आरोपमा ९ जनालाई कार्बाही

Hollywood Khabar April 08,2020 Comments

२७ चैत्र बझाङ।बझाङको प्रसिद्ध छबिस पाथिभरा गाउँपालिकामा लाग्ने बान्निकी चैतली मेला सञ्चालन गरेको आरोपमा  ९ जनालाई कार्बाही गरिएको छ। कार्बाहीमा पर्नेमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी रहेका छन् । सङ्क्रामक रोग नियन्त्रण तथा रोगथाम ऐन २०२० अनुसार ९ जनालाई नै कारबाहीमा गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो।गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडाध्यक्ष केशबराज जोशी र वडा नम्बर ४ का वडाध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र जरिबाना गरिएको छ ।उनीहरुले प्रति दिन ३०० का दरले एक महिना बराबरको ९ हजार र थप  एक सय रुपैयाँ जरिबाना तिरेर छुटेका छन् । 

यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर शाहीलाई ७ दिन बराबरको कैद  गरिने भएको छ । उनीहरुलाई एक सय रुपैयाँ जरिवाना तिराइएको छ ।