-चाइनामा कोरोना भाइरसबाट संक्रमित २७००, मर्नेहरुको संख्या ८०

चाइनामा कोरोना भाइरसबाट संक्रमित २७००, मर्नेहरुको संख्या ८०

Hollywood Khabar January 25,2020 Comments

पछिल्लो दिनमा बढेको कोरोना भाइरसबाट संक्रमितको संख्या २७०० भन्दा माथि र मर्नेहरुको संख्या ८० पुगेको कुरा समाचारमा जनाइएको छ।
चाइनाको पछिल्लो समाचार अनुसार कोरोना भाइरसको लक्षण देखिनु पूर्व नै अरुमा सर्ने भएकले पनि यसलाई नियन्त्रण गर्न झनै कठिन भएको कुरा समेत बताइएको छ। चाइनाले कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्न थप दुइवटा नयाँ अस्पताल बनाइदै गरेको पनि जनाएको छ। यसका लागि पाँच लाख कर्मचारी परिचालन गरिएको बताइएको छ।
 
अमेरिकामा पहिलो पटक वासिंगटन स्टेटमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएको बताइएको छ। चाइनाबाटा आउने फ्लाइट मध्ये WUHAN एयर पोर्टका यात्रुहरुलाई सान फ्रान्सिस्को, लास एन्जल्स र न्यूजर्सीमा बिशेष श्वास्थ परिक्षणको ब्यबस्था गरिएको छ।