-क्यालिफोर्नियाको मिनिमम वेजेज जनवरी १ देखि १५ डलर प्रतिघण्टा

क्यालिफोर्नियाको मिनिमम वेजेज जनवरी १ देखि १५ डलर प्रतिघण्टा

Hollywood Khabar January 01,2021 Comments

कृष्ण के सी, अमेरिका/०१/१/२१

क्यालिफोर्निया राज्यले जनवरी १, २०२१ देखि लागु हुनेगरी क्यालिफोर्निया मिनिमम वेजेज १५ डलर प्रतिघण्टा बनाएको छ।

जनवरी १, २०२१ देखि लागु हुनेगरी क्यालिफोर्नियाको न्यूनतम पारिश्रमिक दर/मिनिमम वेजेजज १५ डलर प्रतिघण्टा बनाएको छ। राज्यमा रहेका २६ भन्दा धेरै कामदार भएका कम्पनिहरुको न्यूनतम १४ डलर या त्यो भन्दा धेरै प्रतिघण्टा दिनुपर्नेछ। त्यसैगरी २६ जना भन्दा कम कामदार भएका कम्पनीहरुले १३ डलर प्रतिघण्टा या त्यो भन्दा धेरै भुक्तानी गर्नुपर्ने छ। १३ र १४ चाहिँ त्यो भन्दा कम भुक्तानी गरेका कम्पनीहरुलाई एडजष्ट गर्न दिएको समय हो। तर राज्यको न्यूनतम पारिश्रमिक दर चाहिँ १५ डलर प्रतिघण्टा हो।