-क्यालिफोर्नियाका गभरनर न्यूसमद्वारा प्रहरीलाई क्यारोटाइडको ट्रेनिङ नदिन निर्देशन

क्यालिफोर्नियाका गभरनर न्यूसमद्वारा प्रहरीलाई क्यारोटाइडको ट्रेनिङ नदिन निर्देशन

Hollywood Khabar June 04,2020 Comments

स्टेट अफ क्यालिफोर्नियाका गभरनर ग्याविन न्यूसमले आफ्ना राज्यका प्रहरीहरुलाई क्यारोटाइडको ट्रेनिङ नदिन निर्देशन गरेका छन्। जुन ५, २०२० का दिन प्रेस ब्रिफिङ लाइभ गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।

मिनियापोलिस प्रहरीले सोहि टेक्निक अपनाउँदा जर्ज फ्लोयडको मृत्यू भएको थियो। सो घटना भएपछि हाल अमेरिकाभरि फ्लोयडको मृत्यूको बिरोधमा स्वास फेर्न पाउनुपर्छ भन्दै बिरोध प्रदर्शन बढेको छ।

क्यारोटाइड, चोक होल्ड, दिमाग सम्म पुग्ने आर्टरीमा रगतको प्रबाह रोक्ने तरिका अर्थात भास्कुलर नेक रेष्ट्रेण्ट टेक्निकको प्रयोग गर्दा व्यक्तिको स्वास रोकिनाले मृत्यू हुन सक्छ। त्यसैले गभरनर न्यूसमले प्रहरीलाई सो प्रयोग गर्ने टेक्निक बन्द गर्न निर्देशन दिएका हुन्।

गभरनर न्यूसमले यस्तो व्यक्तिको ज्यान जान सक्ने टेक्निक २१ औं शताब्दिमा प्रयोगमा अल्याउन हुन् भनेका छन्। यसलाई कानुनी बिधि पुरा गरेर बन्द गर्न प्रकृया बढेको र आफ्नो डेस्कमा फाइल पुगेपछि यसलाई बन्द गरिने पनि बताएका छन्। यसका साथै भावुक हुँदै गभरनर न्यूसमले आफ्नो राज्यमा जातीय भेदभावको लडाइं अन्त्य गर्ने सिष्टमको आवश्यक भएको बताएका छन्।