-क्यालिफोर्नियामा नयाँ कानुन कार्यान्वयनमा, ड्राइभ गर्दै फोन चलाए ३६ महिने पोइण्ट

क्यालिफोर्नियामा नयाँ कानुन कार्यान्वयनमा, ड्राइभ गर्दै फोन चलाए ३६ महिने पोइण्ट

Hollywood Khabar January 01,2021 Comments

कृष्ण के सी, अमेरिका/०१/१/२१

क्यालिफोर्निया राज्यले २०२० मा २०२१ देखि लागु हुनेगरी सयौं कानुन बनाएको छ। त्यसमथ्ये धेरै त जनवरी १, २०२१ देखि कार्यान्वयनमा आएका छन्।

यदि कसैले गाडि चलाएको बेला फोनबाट म्यासेज/टेक्श्ट गर्यो, फोन हातमा लिएर कुरा गर्यो भने ३६ महिना सम्म मोटर्भेक्ल्स डिपार्टमेन्टमा पोइण्ट रेकर्ड रहने छ। हरेक साइटेशनमा एउटा स्टिकर पाइनेछ। तर दुइ पटक साइटेशन भएपछि भने ३६ महिने रेकर्ड पोइण्ट पाइने छ।

यस पहिला देखि नै गाडि चलाउँदा फोन गर्न र टेक्स्ट गर्न नपनाइने कानुन बनाइएको हो। अब यो पटक चाहिं ३६ महिने रेकर्डमा परेपछि गाडीको इन्सुरेन्स देखि दुनियाँ महँगो मात्र होइन अन्य कुरा पनि कठिन हुनेछ। अन्तत साइटेशन बढ्दै गयो भने ड्राइभर लाइसेन्स सस्पेण्ड पनि गरिनेछ।

Click for detail:

https://leginfo.legislature.ca.gov/faces/billTextClient.xhtml?bill_id=201920200AB47