-क्यालिफोर्निया गभरनर न्यूसम कोभिड १९ को तेश्रो फेजमा प्रवेस, हेयर सलुन पनि खुल्ने

क्यालिफोर्निया गभरनर न्यूसम कोभिड १९ को तेश्रो फेजमा प्रवेस, हेयर सलुन पनि खुल्ने

Hollywood Khabar May 25,2020 Comments

क्यालिफोर्नियाका गभरनर ग्याविन न्यूसमले आफ्नो स्टेट अब कोभिड १९ को तेश्रो फेजमा प्रवेस गरेको बताएका छन्।

मे २६, २०२० मा प्रेस ब्रिफिङ गर्ने क्रममा गभरनर न्यूसमले क्यालिफोर्निया अब तेश्रो फेजमा प्रवेस गरेको छ। अब राज्यका धेरै ठाउँमा हेयर सलुन र बारबरशपहरुले पनि सेवा सुरु गर्न सक्छन भनेका छन्। तर पनि हरेक ब्यबसाय र सेवामा हेल्थ प्रोटोकल भने कायम नै रहनेछ।

क्यालिफोर्नियाका ५८ मध्ये ११ वटा काउण्टीहरुमा भने अझै पनि सलुन, बारबरशप, हेयर सलुन, रेष्टुरेन्ट, स्कूल खोल्ने अनुमति दिइने छैन।जुन जुन काउण्टीहरुले कोभिड १९ को हरेक फेजको अवस्था पुरा गर्छन त्यो अनुसार सेवाहरु खोल्न सक्छन। ४७ काउण्टीहरुमा भने धेरै सेवाहरु र अर्थतन्त्र खुल्नेछन्। नाइट लाइफ इण्टरटेण्टमेन्ट र जीमहरु भने केहि समय खुल्ने छैनन।