-क्यालिफोर्नियाका ड्राइभर आइडीको इन्फर्मेशन कम्प्रोमाइज भएको आशंका

क्यालिफोर्नियाका ड्राइभर आइडीको इन्फर्मेशन कम्प्रोमाइज भएको आशंका

Hollywood Khabar February 17,2021 Comments

स्टेट अफ क्यालिफोर्नियाको मोटर भेइकल डिपार्टमेण्टको कुनै एउटा कण्ट्रयाक्टरको आक्रमण र फिरौती केशाले गर्दा क्यालिफोर्नियाका ड्राइभर आइडीको इन्फर्मेशन कम्प्रोमाइज भएको आशंका गरिएको छ। एबिसी न्यूजले क्यालिफोर्निया मोटर भेइकल डिपार्टमेण्टलाइ हवाला दिंदै ड्राइभरहरुको सूचना कम्प्रोमाइज भएको हुन सक्ने कुरा सम्प्रेषण गरेको छ।

उता मोटर भेइकल डिपार्टमेण्टले फेब्रवरी १७, २०२१ मा दिएको स्टेटमेण्टमा भेइकल रजिस्टर गर्ने एउटा कन्ट्रयाकटरबाट फेब्रवरीको सुरुमा यस्तो लिक भएको हुन सक्ने कुरा जनाएको छ। यसमा पछिल्लो २० महिनाको गाडीको दर्ता रेकर्डबाट नाम, ठेगाना, लाइसेन्स प्लेट नम्बर र गाडिको vehicle identification numbers (VIN) लिक भएको हुन सक्ने जनाइएको छ। तर यसमा ड्राइभरहरुका सोसल सेक्यूरिटी नम्बर, जन्म मिति, भोटर रजिस्ट्रेशन, इमिग्रेशनको स्ताटस र ड्राइभरको लाइसेन्सको जानकारी भनेक लिक नभएको बताइएको छ। एजेन्सीले यसमा Federal Bureau of Investigation (FBI) लगायतले थप अनुसन्धान गर्दै गरेको बताइएको छ।