-BUDDHA NEPAL PEACE FOUNDATION CALIFORNIA

बुद्ध नेपाल पिस फाउंडेशनको छैटौं शान्ति पदयात्र, महाबाणिज्यदूत ऋषी ढकाल प्रमुख अतिथि

Hollywood Khabar May 24,2019 Comments

कृष्ण के सी/अमेरिका/५/२५/१९

गौतम बुद्धको शान्ति अभियान र आदर्शलाइ निरन्तरता दिनको लागि बुद्ध नेपाल पिस फाउंडेशनले सान फ्रान्सिस्कोमा विगत केहि वर्षा देखि शान्ति पद यात्रा गर्दै आएको छ।

नेपाल सरकारका महाबाणिज्यदूत ऋषी ढकालको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा सान फ्रान्सिस्को बे एरियाका अन्य संघ-संस्थाको पनि प्रतिनिधित्व हुनेछ। यस बर्षको शान्ति पद यात्रा मे २६, २०१९ का दिन दिउँसो २ बजे देखि ५ बजे सम्म 2151 Martin Luther King Jr. Way, Berkeley, California 94704 मा आयोजना गरिएको छ।

यस छैटौं शांति पद यात्रामा सहभागी भईदिन आयोजकहरु उत्तरी क्यालीफोर्निया स्थित सम्पूर्ण संघसंस्था, पत्रकार, लगायत वेएरिया स्थित सम्पूर्ण नेपालीहरुलाई हार्दिक निमन्त्रणा गरेका छन्।