पहिलो नेपाल आइडलको उपाधि बुद्ध लामालाइ:कार्यक्रम बृस्तितमा

Hollywood Khabar September 22,2017 Comments

नबराज वि.क/कतार–
एपी वान टेलिभिजन बाट प्रसारित चर्चित रियालिटी शो नेपाल आइडल कतारको सनैया स्थित एम्पिथ्रियटर हलमा शुक्रबार राति सम्पन्न ग्राण्ड फिनाललेमा पोखराका बुद्ध लामा ले सर्बाधिक मत सहित पहिलो नेपाल आइडल बन्ने अवसर पाएका छन् । उनले नगद २० लाख रुपैया सहित महेन्द्राको केयुभी गाडि र भिडियो एल्बमको कन्ट्रयाक्ट  पुरस्कार पाएका छन् ।  
तेस्तै गरी प्रतियोगितामा फष्ट रनरअपमा मोरङ्गका निशान भट्टराई भएका छन् उनले १५ लाख रुपैया प्राप्त गरेका छन् भने सेकेन्ड रनरअपमा ललितपुरका प्रताप दास भएका थिए । उनले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजयी तिनै जना गायकहरु लाई वल्र्ड टुर को ब्यवस्था समेत भएको आयोजक ले बताएको छ ।
नेपाल आइडलको घोषणा सगै बुद्ध लामाले आफु खुशीले होसमा नभएको बन्दै भोट गर्ने संसारभरका नेपाली लाई धन्यबाद दिदै जीबनको अन्त्य सम्म पनि साङ्गितिक क्षेत्रमा आफु समर्पित रहने बताए ।
कार्यक्रममा गाला राउण्डका टप १२ सम्मका प्रतिस्पर्धीहरुहरु ले समेत प्रस्तुति दिएका थिए । साथै नेपाल आइडलको उक्त समापन समारोहमा नेपाल बाट बरिष्ठ कलाकार मह जोडीदय मदनकृष्ण श्रेष्ट र हरिबशं आर्चाय विशेष अतिथीको रुपमा आमन्त्रित भएका थिए । कार्यक्रममा अतिथी कलाकारहरुको रुपमा तेरिया मगर, गायक हेमन्त राना, नलिना चित्रकार र हास्यकलाकार नारद खतिवडा ले समेत प्रस्तुति दिएका थिए।
प्रमुख अतिथी नेपाली राजदुताबास कतारका महामहिम राजदुत प्रोफेसर रमेश प्रसाद कोइराला ले नेपाल आइडलको फाइनल कतारमा भएकोमा खुशी ब्यक्त गर्दै कतारमा कार्यरत नेपालीहरु लाई मिनी नेपालको रुपमा रहेको बताए । नेपाल को अर्थतन्त्रमा रेमिट्यान्सले महत्वपुर्ण योगदान रहेको भन्दै श्रमिक नेपालीहरुको हितमा दुताबासले महत्वपुर्ण कदमहरु उठाएको जानकारी दिदै नेपाल आइडलका कलाकारहरु लाई बधाई साथै शुभकामना दिएका थिए ।
कार्यक्रमको संचालन नायिका तथा उद्धोषिका रिमा विश्वकर्मा र सुशिल नेपाल ले गरेका थिए । कतारमा ब्यवस्थापनको जिम्मा ओनेक्स वान इन्टरनेशनल र एभरेष्ट युथ एशोसिएसन कतार ले लिएको थियो । १७ हजार भन्दा बढी दर्शक क्षमता रहेको उक्त हलमा दर्शकहरुले भरिएको थियो । हल बाहिर हजारौ को सख्यामा टिकट किनेर पनि कार्यक्रम हेर्न नपाएको दर्शकहरु  निराश बन्दै फर्किएका थिए ।
नेपाल आइडलको फाइनलमा प्राप्त कुल मत  ९,३१,८३,३३५
पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा  ४,४८,४५,२६३
फष्ट रनरअप निशान भट्टराई ३,५०,८६,२२३
सेकेण्ड रनरअप प्रताप दास  १,३२,५१,८४९