-लुम्बिनीमा बृक्षारोपण

बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले लुम्बिनीमा बृक्षारोपण गरे

Hollywood Khabar May 16,2019 Comments

४ जेठ, बुटवल ।लुम्बिनी भ्रमण वर्ष एवं २५ सय ६३ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा बृक्षारोपण गरेका छन्।लुम्बिनीलाई हरियाली, हराभरा र वातावरणमैत्री बनाउने गुरुयोजना अनुसार प्रधानमन्त्री ओलीले  नयाँ ग्राममा आँपको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका हुन् । लुम्बिनी नयाँ ग्राममा विभिन्न जातका २६ सय ४६ वटा विरुवा रोपिएको छ । भ्रमण वर्ष उद्घाटनमा रुपन्देही,कपिलवस्तु र नवलपरासीमा तीन दिनसम्म विभिन्न कार्यक्रम हुनेछन् ।