बिश्व आदर्श पण्डित

NRNA: बिधानमै नभएको अनररी काउन्सिलमा बिश्व आदर्श पण्डित नबस्ने

Hollywood Khabar December 27,2017 Comments

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले गत डिसेम्बर ८, २०१७ आफ्नो बैठकबाट अनररी काउन्सिलको नाममा गरिएको नियुक्तिलाइ बिधानमा नभएको ब्यबस्था भनेर बिरोध भएको थियो।
बिधानमा तेस्तो खाले कुनै ब्यबस्था नै छैन अनि भनिएको अनररी काउन्सिल बैठकले आवश्यकता अनुसार बनाउन मिल्ने कुनै एउटा कमिटी पनि होइन। यो केवल आँखामा छारो हालेर आनन्दले बस्न बनाइएको भनेर धेरै अभियन्ताहरुले बताइरहेकै बेला सोही अनररी काउन्सिलबाट आफु रहन नसक्ने भन्दै  बिश्व आदर्श पण्डितले एक पत्र लेख्नु भएको छ।
बिश्व आदर्श पण्डितको पत्रको प्रति:
प्रिय भवन जी र बद्रि जी;
मलाई अनररी काउन्सिलमा नियुक्त गरिएको भन्ने पत्र प्राप्त भयो। धन्यबाद ! के जिम्मेवारी रहेछ भनेर बिधान पल्टायर हेर्दा बिधानमा यस्तो कुनै अनररी काउन्सिलको व्यवस्था नै रहेन छ। तसर्थ यो अनररी काउन्सिलको काम कर्त्व्य र अधिकार के हो? क्रिपया लेखि पठाइदिनहुन अनुरोध गर्दछु।साथै नियुक्ति दिनु अगाडि समितिमा वस्ने नवस्ने सम्वन्धमा पनि एकपटक राय लिइएको भए राम्रो हुन्थ्यो भन्ने मलाई लाग्दछ।
यस्तो स्वघोषित मान्यवर भनिएको अनररी काउन्सिलमा योग्य ठानेर नियुक्ति गरेकोमा भने धन्यबाद ज्ञापन गर्दछु। तर नयाँ पदै सृजना गरि-गरि नियुक्ति दिनु तथा लिनु पर्ने नौवत किन आइलाग्यो त्यो कारणले भने म आफु असमन्जस्य  र किंकर्तव्यबिमुढ भएको छु। यो भन्दा त वरु यस संघलाई बिभिन्न तरहले टेवा पुर्याउँदै आएकाहरुलाई बेग्ले कदरपत्र प्रदान गर्ने निणय गरेको भए बिजेता-उपविजेता र महत्वपूर्ण भुमिका निर्वाहा गर्ने सवै पेशा, बर्ग, क्षेत्र र समुदायका साथीहरु समेटिने थिए जस्तो मलाइ लाग्दछ। यस बिषयमा उचित सल्लाहको कमि भएको हो भन्ने महशुस गरेको छु।  
यो अनररी काउन्सिलको काम कर्तव्य र अधिकारको उचित बन्दोवस्त र व्याख्या नभएको अवस्थामा म यो परिषदमा रहन असमर्थ रहेको जानकारी गराउँदै यो पद ग्रहण गर्न अस्विकार गर्दछु।
गैरआवासीय नेपाली संघ ७९ देशमा कर्कलाको पात झैं ढकमक्क छ तर ह्वात्तै फैलिएता पनि त्यही कर्कलाको पातमा टल्किरहेको पानीको बुंद जति सुन्दर देखिए पनि टलपलाइ रहेको यथार्थलाई हामीले बिर्सनु हुँदैन। ढकमक्क फैलिएको पातमुनि यसले आम सर्वसाधारण नेपालीको वारेमा राम्रोसंग जरो गाडि नसकेको अवस्थामा लालीगुंरास झैं आम नेपाली माझ फुलाउनु पर्ने जिम्मेवारीलाई हरकोही एनआरएनले आआफ्नो ठाउँबाट भूमिका निर्वाहा गर्न सक्छ भन्ने मलाई लाग्दछ।
मैले पनि मेरो भुमिका एनआरएनको सदस्य र संगठन बिस्तारमा लगाउँदै आगामी दुई बर्षमा यो संगठनलाई बिदेशमा रहने ५३ जनालाई मात्र सम्मान दिने हैन कि ५३ लाख नेपालीकै सम्मान र अधिकांशको सहभागिता हुने गरि कुशल नेत्रित्वदिन सक्ने क्षमताको बिकास बिधानभित्रै रहेर पनि गर्न सकिन्छ भन्ने ठानेको छु। सोहि मुताविक बिनापद सक्रिय भुमिकामा पनि रहने कुरा जानकारी गराउँदछु।
यो संस्थासंगको  आबद्दता र सक्रियतालाई दुईचार जनालाई काटिने चिठी र दुईचार जना टाउकेहरुसंगको फोनवार्ता र दुईचार लाख चन्दाले मात्र मापन गर्ने र त्यसको उल्टो मैदानमा सक्रिय रहेकाहरुलाई तिनले खै के गरे भन्ने लज्जास्पद प्रश्न गर्ने र सोही मुतविक गैरआवासीय नै नरहेकाहरुलाई संस्थाको भावना आदर्श र मर्यादा बिपरित आफ्ना कारोवारहरु संचालन गर्ने खजान्चि तविल्दार लेखनदास तथा डिल गर्दिने लोकल पट्के भर्ति गरे जस्तो गरि भर्ति गर्ने भर्ति केन्द्र बनाइन हुँदैन भन्ने लाग्दछ।
मैले जे भन्छु त्यहिनै नियम हो र मैले जे गर्छु त्यहिनै सवैले मान्नुपर्छ भन्ने मपांई र ठालुबाद तथा मठाधिश प्रब्रिति पनि गुटाधिश प्रब्रिति जत्तिकै हानिकारक हुन्छ भन्नेकुरा भरखरै सम्पन्न निर्वाचनले पनि देखाइसकेको यथार्थलाई बिर्सन हुंदैन। यहाँ अर्को दुई बर्षमै हाम्रो पनि चुनाव आउँछ भन्ने स्मरण यहाँहरुलाई गराउन चाहन्छु।
यो समय मेरो मनमा अर्को जटिल प्रश्नहरु उव्जिएका छन। कहीं हामीलाई पनि सांच्चिकै नेपाली राजनितिले छोएको त हैन ? हामी पनि कसैलाई होच्याउनका लागि कसैलाई उकास्ने वा त्यस्को उल्टो स्वघोषित ठुला वनाउने वा मान्छे जुधाउने खेल त हुँदै छैन ? अथवा स्वच्छ प्रतिस्पर्धामा आएकाहरुसंग अथवा थोरै फरक मत राख्नेहरुसंग व्यक्तिगत रिसइवि सांध्ने वा निषेधगर्ने नकारात्मक र खुराफतिहरुले सुझाएको बाटोमा त लागेका त छैनौं ? त्यसैले यो पवित्र संस्थाको उद्धेश्य बिपरित जो कसैले पनि यसलाई एक ध्रुविय मात्र वनाउने र आफ्नो मात्र सर्वसत्ताबाद लाद्ने दुश्प्रयास नगरोस भनि आग्रह पनि गर्न चाहान्छु। मलाइ आशा छ यस्तो कुरा भएको होइन होला, यस्तो हुन दिइने पनि छैन यदि कसैबाट प्रयास भयोभने त्यसले ठुलै दुर्घटना निम्त्याउने स्पष्ट छ।
यध्यपि आवश्यकता अनुसारका समितिहरु वनाउन पाउने कार्यसमितिको अधिकार होला तर त्यस्का लागि पनि समितिको औचित्य पनि त सावित गर्न सक्नुपर्यो। समितिहरु मात्र निर्माण गरिनुले कुनै फाइदा गर्दैन। यदि महाधिवेशनले नै यस्तो पदहरुको आवश्यकता ठानेर पदको सृजना गरेको भए त्यो अलग कुरा हुनआउँथ्यो। तसर्थ यो एउटा दोहोरी खेलको प्रतियोगितामा परिणत गर्नुहुने छैन भन्ने विश्वास गर्दछु।
मलाई दिइएको पद अरु कसैले आफु पनि हुन पाएको भए हुन्थ्यो भनेको र उनीहरु नपरेकोमा गुनासो गरेको अनुभुति मैले पनि नगरेको हैन। त्यसैले आबश्यक भएको खण्डमा क्रिपया असजिलो नमानिकन यो पद जसलाई आवश्यक छ उसलाई बिनाहिच्किचाहट हस्तान्तपण गर्नहुन समेत बिनम्र अनुरोध गर्दछु।
अन्तमा गैरआवासीय नेपाली संघको गरिमा, मर्म र उद्धेश्य परिपुर्ति गर्न र यसको सुध्रिढीकरण तथा मजवुतिकरण अभियानमा एक रति पनि पछिनपरि लागि पर्ने प्रतिबद्दता दोहोर्याउँदै औंला बिसाएँ।
धन्यबाद
जय नेपाल
बिश्व आदर्श पण्डित
शुभचिन्तक तथा पुर्व सल्लाहकार
गैरआवासीय नेपाली संघ
२८ डिसेम्बर २०१७