गायक विशाल क्षेत्रीले तीज गीत जुनेली सार्वजनिक गरेका छन्। यस गीत चर्चित गीत कालु तिम्रो मायाले बोलको गीतको भाग २ हो। उफ्री उफ्री नाच्नै मन छैन कालु तिम्रो मायाले बोलको तीज गीत एक समयमा चर्चित थियो।
खुमन अधिकारि र पूर्णकला बिसिको आवाज रहेको यस गीतको लय तथा शब्द संकलन बिशाल क्षेत्रीले गरेका छन्। यो नितान्त मौलिक तिज कोसेलि हो, सानो छदा गाउँघरमा हजुर आमाहरुले गाउँदै गर्दा देखि नै दिमागमा बसेको हुनाले अहिले संकलन गरि बजारमा पठाएको विशाल क्षेत्री बताउछन्। सबैले सुनेको तर भुल्दै गएको यस भाकालाई संकलन गरि जुनेलि मार्फत बजारमा पठाएको स्वीकार गर्छन।
विष्णु भट्टराइले निर्देशन, छायांकन तथा सम्पादन गरेको जुनेलीलाई बुटवलमा खिचिएको हो। सुमी घर्ति, हिमाल जिसी, रमेस बाबु र गीता केसी को अभिनय रहेको यस गीतले तीजमा महिलाहरुलाई छमछमी नचाउने अपेक्षा लिइएको छ।
मर्छु म जलाउनु बाट सांगीतिक यात्रा सुरु गरेका विशालले ४ दर्जन भन्दा बढि गीतमा आफ्नो सिर्जना र आवाज दिएका छन्। मौलिक गीतको संकलनमा रुचि राख्ने क्षेत्री हाल जापानमा रहेपनि गीत संगीतमा निरन्तरता दिइरहेका छन्। यस गीतलाई टिकटमा अत्याधिक मन पराइएको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!