बरामद गरेको हतियार

हतियारसहित विप्लवका रोल्पा इन्चार्ज पक्राउ 

Hollywood Khabar May 16,2019 Comments

३ जेठ, काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव समूहका रोल्पा जिल्ला इन्चार्ज जयबहादुर रोका (प्रताप)सहित ३ जना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय सुलिचौरबा प्रहरी सहायक निरीक्षक राजेन्द्रकुमार रानाको कमाण्डमा खटिएको टोलीले  रोल्पा जिल्ला इन्चार्ज जयबहादुर रोका (प्रताप), सुनछहारी गाउँपालिका इन्चार्ज टाइगर भनिने धनबहादुर खत्री र इलाका इन्चार्ज भुपेन्द्र खड्का -गोरे) लाइ  पक्राउ गरेको  हो ।प्रहरीले उनीहरुको साथबाट एउटा कुटुवा पेस्तोल, ३०३ राईफलको १४ राउण्ड गोली, अन्य ११ राउण्ड गोली र एउटा खुकुरी बरामद गरेको छ ।पक्राउ परेको तीनै जनाविरुद्ध संगठित अपराध निबारण ऐन-२०७४ अन्तरगत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।