-सांकेतिक तस्विर

विपद्का घटनामा परी पाँच महिनामा २७१ को मृत्यु  

Hollywood Khabar September 15,2019 Comments

३१ भाद्र ,काठमाडौँ ।विपद्का घटनामा परी  पाँच महीनामा २७१ जनाको मृत्यु भएको छ।प्रहरी प्रधान कार्यालयले २०७६ वैशाख १ देखि भदौ २९ गते सम्ममा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको जनाएको छ ।विपद्का घटनामा परी६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् ।तेसैगरी पाँच महीनाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७६१ घर, २१७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ ।

विपद्का घटनाबाट  दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । तेस्तै चार हजार ६०७ घर डुबानमा परेका छन् भने एक हजार ६३ चौपाया मरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । विपद्का घटनाको उद्धारका लागि पाँच महीनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।सहप्रवक्ता जोशीले यस वर्ष विपद्का घटनामा  परेका सबै व्यक्तिको सफल उद्धार गरिएको जानकारी दिए ।नेपाल प्रहरीले विसं २०६८ मा विपद् व्यवस्थापन महाशाखा स्थापना गरी हाल देशभरका सातै प्रदेशमा शाखा स्थापना गरी उद्धार गर्दै आइरहेको छ ।