https://www.youtube.com/embed/MqGFl0NaVno

बिन्दु राईको सत्य कुरा नभनेर सार्वजनिक

Hollywood Khabar May 03,2018 Comments

लालबहादुर ढेंगा/दुबई/युएई
सांगीतिक यात्राको एक दशकभन्दा बढि लामो यात्रामा थुपै्र प्रकारका गीत गाएकी युवा गायिका बिन्दु राईको अर्को नयां आधुनिक गीत सत्य कुरा नभनेर म्युजिक भिडियो सार्वजनिक भएको छ ।
खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका ९, सल्लेमा जन्म भई हुर्किएकी बिन्दु राई सानो उमेरदेखि नै गीत गाउने रहर भएको बताउछिन् । हजुर आमा, हजुर बाबा, आमा र दिदीको प्रेरणाबाट संगीतको दुनियामा छिरेकी भएता पनि गुरुको रुपमा भने कैलाश राई, गरुदेव कामत, लाक्पा शेर्पा, चन्दी काफ्ले र ललितकलालाई सम्झिन्छिन्।

काठमाण्डौंको अति नै रमणिय ठांउ चपलीहाईट र वरिपरी छायांकन गरिएको म्युजिक भिडियोमा लालबहादुर ढेंगा, अनिता गोले र उषा कार्कीले अभिनय गरेका छन्।भिडियोलाई छायांकन तथा सम्पादन बिश्वास भण्डारी र ह्यारी कट्टेलको निर्देशन रहेको छ। उक्त गीत पंचामृत म्युजिक मेडिया एण्ड फिल्म प्रा.लीको प्रस्तुतीमा रहेको छ भने शब्द पदमा लिन्खा मगर र उदयराज पौडेलको अरेन्जरमा भएको छ ।

त्यसैगरी गीतलाई राजेश थापाले आफ्नो मधुर संगीतद्धारा सजाएको पाईन्छ। आफ्नो सांगीतिक यात्रालाई विगत ५ बर्षदेखि दुबईस्थित याक एण्ड यति नेपाली क्लबमा दैनिक आफ्नो कला प्रस्तुत गर्दै आईरहेकी छिन् । अर्को नयां गीत छिट्टै बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिएकी छिन् । यस म्युजिक भिडियोलाई माया गरिदिनुका लागि सम्पूर्ण शुभचिन्तक तथा दर्शकहरुलाई आग्रह समेत गरेकी छिन् ।