-राष्ट्रपति विद्यादेवी भण्डारी

नेपालमा पहिलो पटक भएको तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव-राष्ट्रपति भण्डारी

Hollywood Khabar February 09,2019 Comments

२७ माघ,धरान सुन्सरी।राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको वराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन गर्नुभएको छ।राष्ट्रपति भण्डारीले हिजो दिउँसो रामानन्द सेवापीठले निर्माण गरेका १२८ कोठे नव निर्मित श्रीराम निकेतन, लक्ष्मण निलियम र जानकी सदनको समेत उद्घाटन गर्नुभएको हो।

महायज्ञको उद्घाटन कार्यक्रममा उहाँले नेपालमा पहिलो पटक भएको तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव भएको बताउनुभयो।उहाँले बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य भएको र रामनन्द सेवापीठको सक्रियतामा भएको महायज्ञ कार्यक्रमले यहाँको गरिमा बढाएको समेत बताउनुभयो।“यहाँ जडिबुटी प्रशोधन केन्द्र बनाएर नेपाललाई चाहिने औषधी आफैँ बनाउन सकिन्छ ”, राष्ट्रपति भण्डारीले भन्नुभयो।त्यससँगै उहाँले यज्ञ मण्डपको पूजा अर्चना, अवलोकन गर्नुभयो ।