https://www.youtube.com/embed/lIKo7I8nbMg

बिदेशी युवतीबाट मिराज लाई धोका.....

Hollywood Khabar May 06,2017 Comments

एक युवक जो बोल्न सक्दैन तरपनी उ आफुलाई भाग्यमानी ठान्दछ, आफुले काम गर्दै गरेको ठाउमा एक बिदेशी युवती सँग उस्को भेट हुन्छ। 

त्यस युवकलाई पहिले भेट्मै ति बिदेशी युवतीले मायाको दृष्टिले हेर्न थालछिन र उनिहरुको भेट सधैं जसो हुन थाल्छ।तर यो सबै दृस्य त्यस युवक संगै काम गर्ने युवतिलाई खासै मन परेको हुँदैन किन कि एक त युवक बोल्न सक्दैन आर्को युवती त्यसमा पनि बिदेशी, कतै त्यस बिदेशी युवतिले युवकलाई धोका त दिन्न संगै काम गर्ने युवतीको मनमा कुर खेल्नु जाहेज पनि थियो। तेती मात्र कहाँ होर त्यस संगै काम गर्ने युवतिले पनि भित्र भित्र मन पराइ रहेकी थीइन्। तर अभिब्यक्त गर्न सकीरहेकी भने  पटक्कै थिनन।

यसरी दिन ढल्दै जादा एक दिन त्यस बिदेशी युवती को जन्मदिन आउछ र त्यस युवकले आफ्ना केही साथी सङिनी हरु र संगै काम गर्ने युवतिलाई पनि त्यस बिदेशी युवती को सर्प्रजा जन्मदिनमा बोलाउछ। 

जब बिदेशी युवतो युवक को घरमा पुग्छ त्यस बिदेशी युवती आफ्नो जन्म दिन बडो धुम धम तरिकले मनाइ दिएकोमा आफ्नु युबक साथी लगाएत त्यहा उपस्थित सबैलाई धन्यवाद भन्छिन सोही बेलामा युवक ले आफ्नो कोटको खल्ती बाट रिङ्ग निकल्छ र बिहेको प्रस्ताब रख्दछ तर त्यस बिदेशी युवती ले म तिम्रो मात्र साथी हु तिमी जस्तो बोल्न नसक्ने सँग म कसरी बिहे गर्न सक्छु भनी युवकको रिङ्ग लाई भुइमा फाली युवक को विवाहअको प्रस्तव लत्याइ त्यहा बाट बहिरिन्छे। 

त्यस पछी त्यस युवक कहिले कहाँ कहिले कहाँ भौतारिदै उनै बिदेशी युवती सँग बितएको दिन सम्झिदै हिंड्न थाल्छ तर यो सबै आफु सँग संगै काम गर्ने युवतिले नियाली रहेकी हुन्छ रे त्यस युवक लाई आफुले पनि भित्र भित्र माया गरेको हुनाले नि साथ् दिने निर्णयमा पुग्छेर अन्तमा साथ् दिन्छे।

यो दृस्य हालै मात्र आर सि कोइरालाको पारीकल्पनामा गीतकार क्षितिज ले लेख्नु भएको गीत को शूटिङ मा देखिएको दृस्य हो। चर्चित म्युजिक भिडियो निर्देशक बिकास घले गुरुङले निर्देशान् गर्नु भएको यस म्युजिक भिडियोलाई बबिन दुलालले छायान्कन गर्नु भयको छ। चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत भर्नु भएको गीतलाई लोक तथा आधुनिक गायक अर्जुन सुनामले आवाज दिनु भयको छ। चर्चित मोडेल तथा कलाकार मिराज कोइरालाको मुख्य भूमिका रहेको यस भिडियोमा मोडेल तथा कलाकार सीतल आचार्य को साथमा बाङ्लादेशकी चर्चित मोडेल अन्नन्य चौधरी पहिले पटक नेपाली म्युजिक भिडियोमा अभिनय गरेकी छिन।

"जिबन भरी फुल सरी सजाउछु भन्नेले

काडा सरी बनाइ गाइन आधा माया लाउनेले"......

गीत: जिबन भरी फुल सरी...

गितकार: क्षितिज

संगीत: सन्तोष श्रेष्ठ

गयक: अर्जुन सुनाम

अभिनय: मिरज कोइराला / सीतल आचार्य / अन्नन्य चौधरी

प्रस्तुती: आर एस फिल्मस