NRNA President Bhaban Bhatta and Immediate Past President Dr Shesh Ghale meeting at Kathmandu, Picture from President Bhatta's FB

NRNA अध्यक्ष भट्ट र निवर्तमान अध्यक्ष डा घलेबीच वान टु वान भेटघाट

Hollywood Khabar April 08,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघका अध्यक्ष भबन भट्ट र निवर्तमान अध्यक्ष डा शेष घलेबीच अप्रिल ९, २०१८ का दिन काठमाण्डौमा वान टु वान भेटघाट भएको छ।

उसो त अध्यक्ष भट्ट र निवर्तमान अध्यक्ष डा घलेबीचको संबन्ध संघमा पुरानो हो। गत २०१५ को निर्वाचनमा डा घले दोश्रो कार्यकालमा आकांक्षी भए आफू सघाउने कुरा अध्यक्ष भट्टले अमेरिकामा भ्रमणमा रहंदा नै घोषणा गर्नुभएको थियो। ठीक त्यसै भयो २०१५ को निर्वाचनमा।

तर २०१७ को निर्वाचनमा पुग्दा भने अध्यक्ष भट्टसंग जम्मा दुइवटा मात्र विकल्प थिए। कि त संघको जिम्मेवारीबाट विदा हुने कि अध्यक्षको लागि चुनाव लड्ने। उता तत्कालिन आइसीसी सदस्य जमुना गुरुङले पनि निर्वाचनमा अध्यक्षकै लागि उम्मेदवार हुने घोषणा गरे लगत्यै उहाँहरु दुवै दुइ धारमा पुग्नुभयो। निर्वाचन पछि पनि उहाँहरु बीच धेरै चिसो चुलिएको थियो। त्यो चिसोबाट संघका एकाथरीले रमिता गर्न मौका पाएका थिए मात्र होइन गरिनै रहेका छन्।

संयोगवस उहाँहरु दुवै एकै समयमा नेपाल पुगेको अवथा भयो। अन्तत अध्यक्ष भट्ट र निवर्तमान अध्यक्ष डा घले बीच वान टु वान भेटघाट भयो। भेटघाटमा के कुरा भए दुवै पक्षबाट सार्वजनिक नगरिएता पनि पछिल्लो समय डा घले र जमुना गुरुङले नेपाल भिजिट गर्दा पाएको संघको अवस्था, संघको हाल सम्मको अपडेट र भविष्यमा कसरी जाने भन्ने लगायतका कुराहरुबारे छलफल भएको कुरा दुवै जनाका निकटमहरु बताउनु हुन्छ।
उसो त सो भेटघाट भएको कुरा अध्यक्ष भट्टले आफ्नो फेसबुकबाट नै सार्वजनिक गर्नुभएको छ। भेटघाट सके पछि अध्यक्ष भट्ट लाप्राक नमुना बस्ति निर्माण तर्फ लाग्नु भएको थियो। घले दम्पति अष्ट्रेलिया फर्कने तयारीमा हुनुहुन्थ्यो।

निवर्तमान र वर्तमानबीच यस्तो भेटघाट हुनु सामान्य कुरा हो, नियमित रुपमा हुनुपर्छ। तर पनि यो भेटसंग पूर्व अध्यक्ष जीबा लामिछाने र उहाँका निकटमहरु भने झस्किएको सुचना प्राप्त भएको छ। ऐले देखि नै चुनाबको तयारी गरेका एउटा टोलीको लागि भने २०१९-२०२१ कार्यकालमा अध्यक्ष भट्ट दोहोरिने त होइन भन्ने आशंकाको धड्कन बढेको छ।