Bhaban Bhatta, NRNA ICC President

भट्टको १० अरब सामुहिक लगानीलाइ कार्यसमितिबाटै असहयोग

Hollywood Khabar January 25,2018 Comments

हलिउडसंवाददाता/यूके
गैरआवासीय नेपाली संघ(एनआरएनए)को उद्गम स्थान बेलायत हो। यसर्थ पनि संघका हरेक ऐतिहासिक कार्यको शुभमुहुर्त बेलायतबाटै गर्ने प्रचलन चल्दै आएको छ। वर्तमान अध्यक्ष भबन भट्ट पनि त्यो परंपरालाइ कायम राख्न पछि पर्नुभएन। विश्वभर छरिएर रहेका नेपाली समुदायबाट संकलन हुने गरी १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोषको रुपमा नेपाली शेयर बजारमा सामुहिक लगानी गर्ने भनेर भट्ट जनवरी २२, २०१८ मा बेलायत पुग्नुभयो।
ओरालो लागि रहेको शेयर बजारलाई माथि उकास्न गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले राजनीतिक पार्टीका शिर्ष नेताहरुलाई निर्वाचनको बधाई तथा शुभकाना दिन जाँदा शान्तोना दिदै आफ्नो संघले नेपाली शेयर बजारमा १० अरब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जायर गर्नुभएको थियो।
गैर आवासीय नेपाली संघले गत २२ जनवरी सोमवारको दिन सो महत्वकांक्षी कुरालाई अगाडि बधाउन बेलायतको अल्डरशटमा एउटा कार्यक्रमको आयोजना गरेको थियो। संघका अध्यक्ष भट्टले पूर्वाधार विकास कोष सम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा गर्नुभयो। अब नेपालमा राजनीतिक स्थिरता हुने भएकोले पूर्वाधार विकासको लागि यो कोषले ठूलो योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको समेत स्पस्ट गर्नुभयो।
गैर आवासीय नेपालीहरुमा भने त्यो १० अरबको प्रस्तावले कुनै उत्साह र उमंग देखा परेन। अध्यक्ष भट्ट र महासचिव डा बद्रि के सीप्रति असन्तुष्टहरुले बिरोध प्रदर्शन गर्ने तयारी गरेका समाचार समेत बाहिएर आएका थिए। गैरआवासीय नेपाली संघको बेलायत एनसीसीका अध्यक्ष योग कुमार फगामीको संयोजनमा सो विरोध नगर्न पहल भएको पनि बताइन्छ।
अन्तत, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतका अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अथिति भने नेपाल राष्ट्र बैंकका गभर्नर हुनुहुन्थ्यो। अन्य अथितिहरुमा आईएमई बैंकका अध्यक्ष, महामहिम राजदूत तथा एनआरएनए आइसिसि तथा एनसीसी युकेका पदाधिकारीहरुका साथमा बिभिन्न देशबाट आएका एनआरएनए प्रतिनिधिहरुको सहभागीयता रहेको थियो।
गैर आवासीय नेपाली संघ आइसीसीले नै आयोजना गरेको भनिएको उक्त कार्यक्रमका संयोजक नै संघका उपाध्यक्ष कुल आचार्य रहेको कार्यक्रममा नेपालीहरुको सहभागीता भने पातलो रहेको थियो। यसको प्रमुख कारण भने एकाथरीले विरोध गर्ने कुरा र अर्कोथरी संघको वर्तमान कार्यसमितिबाटै असहयोग गरेको देखियो।
करिब ३ लाख भन्दा धेरै नेपालीहरु भएको भनिएको बेलायतमा १००/१५० जनाको हाराहारीमा उपस्थिति हुनु राम्रो लक्षण त पक्कै पनि होइन। त्यसमा पनि संघको अध्यक्ष र उहाँको १० अरब नेपाल भित्र्याउने महत्वकांक्षी प्रस्ताव गर्ने एनआरएनए कार्यक्रम। उसो त एनसीसी बेलायतमा सकृय र एक-से एक दिग्गज अभियन्ताहरु मात्र होइन २९३ जना त सल्लाहकारहरु नै छन। उसमाथि पनि उपाध्यक्ष कुल आचार्य स्वयं बेलायतको व्यक्ति।
पूर्वाध्यक्ष जिबा लामिछाने, उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य, सपिला राजभण्डारी, महासचिव डा बद्रि के सी, प्रबक्ता भुषण घिमिरे, सचिव जानकी गुरुङ, महिला संयोजक रजनी प्रधान, यूरोप उपसंयोजकहरु एकराज गिरी र गोबिन्द प्रसाद गौतम, यूवा उपसंयोजक जयकृष्ण ठाकुरको लगायतको उपस्थिति रहने भनिएको कार्यक्रममा उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य बाहेक कोहि पनि उपस्थित हुनुभएन।
अध्यक्ष भट्टले आफ्नो २ बर्षे कार्यकालमा स्थापना गर्न लागेको महत्वकांक्षी योजनाको शुभकार्यमा उहाँकै गुरु तथा संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा उपेन्द्र महतो, पूर्वाध्यक्षहरु देवमान हिराचन र जिबा लामिछाने, निवर्तमान अध्यक्ष डा शेष घले, संरक्षक राम प्रताप थापाको समेत उपस्थित रहेन। कि त उहाँहरुले पत्याउनु भएन अथवा उहाँहरुलाई महत्व दिनेकाम भएन भन्छन नेपाली बेलायतीहरू।
अरुका त कुरै छाडौं आफैंले नियुक्ति दिएका सल्लहाकार तथा बिधानमा नभएको नयाँ गठित अनरी काउन्शिलका सदस्यहरुको पनि नगन्य सहभागीयता हुनु भनेको पाच्य रहेन एक उपस्थ्तिले भन्नुभयो। एनआरएनए एनसीसी बेलायतसँग पनि राम्रो सहकार्य नगरेको गुनासो त महासचिब आरके त्रिपाठीले गर्नुभएकै हो। स्थितिले डाँडाकाटे पछि पूर्वाध्यक्ष जिबा लामिछानेलाइ हारगुहार गरेर स्काईपमा सम्बोधन गराउनु ब्यबस्थापनमा अर्को गरिवीपना थियो।
सामान्य मर्यादाका थुप्रै कुरा त गल्तिभएको देखिएकै हो। तर कार्यक्रमको प्रेस बक्तब्य पनि प्रबक्ताले नभएर आईसीसी सल्लाहकार ड़ा हेम राज शर्माले निकाल्नुको पछाडी धेरैले मर्यादाको साँढे मिचाई सजिलै बुझे। अध्यक्ष भट्टको कार्यसमितिमा पनि छलफल र बहस नै नभई तयारी बिना कसैको बलजफत एकलौटी हचुवाको भरमा कार्यक्रमको आयोजना गरिएको आरोप त थियो नै। यसको नतिजा कार्यसमितिमा अध्यक्ष भट्ट अल्पमतमा परिसकेको मात्र होइन असफल बनाउन खेल सुरु भएको स्पष्ट रुपमा देखिन्छ।
आफ्नै अध्यक्षको उपस्थितमा हुने त्यो पनि पहिलो कार्यक्रममा यूरोपमा रहेका २७ देशहरुका सकृय एनसिसीहरुमा बेल्जियम र नेदरलाण्डको मात्र उपस्थित रहनगयो। बाँकी २५ एनसीसीहरुको अनुपस्थितको मौनताले १० अरबको शेयर बजारमा लागनी गर्ने योजना घोषणामा मात्र सिमित रहने हो कि भन्ने जानकारले अनुमान गर्न थालेका छन।
अन्तमा अध्यक्ष भट्टले प्रेस कन्फ्रेन्स गरेर आफ्नो २ बर्षे कार्यकालको विवरण प्रस्तुत गर्नुभयो। त्यसमा पनि उहाँको क्र्यूले साथ दिएको देखिएन। कन्फ्रेन्सको एउटा रमाइलो पक्ष भनेको बिबादको उच्च घेरामा रहनुभएका महासचिव डा बद्रि केसीका बारेमा सोधिएका र लगाइएका सबै आरोपहरुलाई अध्यक्ष भट्टले बचाउ गर्नुभयो।
स्मरणिय कुरा एनआरएनए युकेले २०१२ मा आयोजना गरेको सामुहिक लगानीको कार्यक्रममा तत्काल नै १२ करोड भन्दा बढी रकम प्लेज भएको थियो। तर यस पटक खाली १० अरब को लगानी घोषण मात्र हुनु आइसीसी र एनसीसीले साथ नदिनु, सहमति र सहकार्यको अभाव भएको स्पस्ट भएको छ।