Bandhu Pokhrel

भैंसी जत्रा जुम्रा देख्न भुल्ने हामी झुम्रा

Hollywood Khabar December 25,2018 Comments

बन्धु पोख्रेल
आफ्ना आङको भैंसी नदेख्ने अरुकोमा जुम्रा
त्यस्तालाई चिन्न नसक्ने हामी नै रहेछौं झुम्रा

परिवार संग कोही नाच्दा उनलाई चिन्ता किन
याद छैन कि नेताजीलाई सडकमा नाच्या दिन

उनि नाचे आफ्नैसंग सुन्दरीको साथमा तिमी
अरुको मात्र गल्ति देख्छौ दृष्टी भयो कि धिमी

होली वाइनको अभिषेक लियौ बन्नलाई पबित्र
अरुले धर्मका कुरा गर्दा किन बिरोध यत्र तत्र

आफूलाई नै फर्कि हेर त्यसपछि काम अरुका
जनताको भावना बुझेर चल्नु असल हो तरिका