-विप्लव

भोजपुरमा प्रहरी र विप्लव समूहबीच भिडन्त: प्रहरी सहित् २ जनाको मृत्यु 

Hollywood Khabar July 08,2019 Comments

२५ असार,काठमाडौं ।भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भिडन्त हुँदा एक प्रहरी र एक विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ ।भोजपुर सदरमुकामस्थित हटिया लाइनमा दुवै तर्फ गोली हानाहान हुँदा प्रहरी जवान सन्जिव राई र विप्लवका ओखलढुंगा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको हो ।

विप्लव कार्यकर्ता सदरमुकाम आएको थाहा पाएपछि नियन्त्रणका लागि प्रहरी टोली खटिएको थियो ।सुरक्षा अधिकारीका अनुसार प्रहरीले पक्राउ गर्न खोज्दा विप्लव कार्यकर्ताले गोली चलाएपछि दोहोरो भिडन्त भएको थियो ।