-भ्यागुताको विहेगर्दै पोखरेली

पोखरेली किसानले भ्यागुताको विहे गरि रत्यौली खेले

Hollywood Khabar July 22,2019 Comments

७,साउन,पोखरा।पोखरेली किसानले भ्यागुताको विहे गरि रत्यौली खेलेका छन्।पोखरा ३२ मालेपाटनका किसानहरुले साउनको पहिलो साता वितिसक्दा पनि पर्याप्त पानी नपरेर धान रोप्न नपाएपछि वर्षाका देवता ईन्द्रदेवलाई खुशी पार्न भ्यागुताको विहे गरि २ सय भन्दा वढि जन्ती, भोज भतेर सहित टिकाटालो गरि रत्यौली खेलेका हुन्। जग्येमा पण्डितले हवन गरि पुरुष जन्ती गएका थिए भने महिलाहरुले  रत्यौली खेलेका हुन्।

मालेपाटनका प्रगतीशील आमा समुहको सकृयता र मालेपाटन कृषि समुहका अध्यक्ष नारायण वाग्लेको संयोजनमा जोडी भ्यागुताको विहे गरी इन्द्र भगवान संग  पानी मागिएको हो।बिहेका लागि बेहुला भ्यागुतो र बेहुली भ्यागुतोलाई फरक गाउँबाट ल्याएर स्थानीयले  दाइजो समेत दिएर नजिकैको कुलोमा छाडीदिएका थिए।गण्डकी प्रदेशमा १ लाख ४९ हजार ७२५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको सरकारी तथ्याड्ढ छ ।