-वशिष्ठको मदानी, सावित्रीको उनिउँको फूल, रत्न विरहीको समयको रुमाल सार्वजनिक

वशिष्ठको मदानी, सावित्रीको उनिउँको फूल, रत्न विरहीको समयको रुमाल सार्वजनिक

Hollywood Khabar April 03,2021 Comments

सन्तोष दाहाल, ललितपुर, अप्रिल ३, २०२१

गोदावरी साहित्य परिषद्ले वशिष्ठको मदानी, सावित्रीको उनिउँको फूल, रत्न विरहीको समयको रुमाल सार्वजनिक एकैपटक तीन कृति लोकार्पण गरेको छ।

शनिबार चापागाउँमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, सदस्य डा देवी नेपाल, परिषद्का अध्यक्ष वशिष्ठ अधिकारी, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन लगायतले वशिष्ठ अधिकारीको गजलसंग्रह मदानी, सावित्री न्यौपाने पौडेलको मुक्ताकसंग्रह उनिउँको फूल र रत्न विरही घिमिरेको छन्द कविता संग्रह समयको रुमाल एकैसाथ विमोचन गरेका हुन्।

परिषदका अध्यक्ष समेत रहेका अधिकारीको मदानी गजलसङ्ग्रह’मा मानवीय जीवन र जगतको सार बताउने ७७ गजल, परिषद्का सचिव रत्न विरही घिमिरेद्घारा रचित ‘समयको रुमाल’मा ६७ छन्दकविता रहनुका साथै कार्यसमिति सदस्य सावित्री न्यौपाने पौडेलद्वारा लिखित ‘उनिउँको फूल पुस्तकमा २२९ मुक्तकसङ्ग्रह रहेका छन्।

कार्यक्रममा पोरमुख अतिथि समेत रहेका प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव उपाध्यायले साहित्यले मनोरञ्जन प्रदान गर्नुका साथै हरेक मानिसलाई मानसिक रुपमा समेत स्वस्थ्य बनाउने भएकाले सो पुस्तक सबैलाई एक पटक पढ्न आग्रह गरे। साहित्यको विकासका लागि गोदावरी उर्वर क्षेत्र रहेको र यसको वृत्तिविकासका लागि स्थानीय सरकारको पहलमा साहित्य परिषद गठन उल्लेखनीय रहेको भन्दै उनले गोदावरीका नगरप्रमुख गजेन्द्र महर्जन लगायतको भूमिकाको प्रशंसा गरेका थिए।

नगरप्रमुख गजेन्द्र महर्जनले आफू साहित्य क्षेत्रको विकासमा सदैव सक्रिय रहेको भन्दै नगरप[आलिका भित्र रहेका अद्भुत साहित्यिक प्रतिभाको नगरपालिकाले सधैं सम्मान गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साहित्य लेखनमा आफू दख्खल नभए तापनि पढ्न र सुन्न अत्यन्त उत्सुक हुने गरेका कारण आफूले नगरभित्र साहित्यिक परिषद गठन गर्न पहल गरेको उनको भनाई थियो

किटिनी माध्यमिक विद्यालयका शिक्षक जनार्जन शर्माले विद्यार्थी वर्गले पाठ्यक्रम बाहेकका अन्य पुस्तक खासै अध्ययन नगर्ने भएकाले साहित्यतर्फ कम आकर्षण देखिएको औँल्याए। यस्तै गोदावरी उद्योग वाणिज्य संङ्घका अध्यक्ष जगनाथ महर्जनले परिषद्लाई आर्थिक रुपमा सबल बनाउँदै लाँदा साहित्यले विश्वका विभिन्न मुलुकमा समेत प्रभाव पार्न सक्ने हुँदा त्यसतर्फ ध्यान दिन जोड गरे।

उक्त कार्यक्रममा वशिष्ठ अधिकारीद्वारा लिखित वातावरण मैत्री गित ‘हाम्रो धर्ती’ सार्वजनिक गर्नुका साथै गोदावरी नामक पहिलो मुखपत्र समेत लोकापर्ण गरी केही व्यक्तिलाई सम्मान समेत गरिएको थियो।