समाजलाई चकित पार्न लेखक तथा निर्देशक पवन जोशीले ल्याए ‘बसन्त ऋतु’

Hollywood Khabar August 28,2017 Comments

भदौ ३ काठमाडौं।नेपाली समाजलाई चकित पार्न बरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक पवन जोशीले ‘बसन्त ऋतु’ लिएर आएका छन्।नेपाली चलचित्र उद्योगमा इतिहास कायम गरि फिल्म ‘बाला मय्जु’ बाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका फिल्मकर्मी पवन जोशीको लेखन तथा निर्देशनमा नयाँ फिल्म ‘बसन्त ऋतु’ को सोमवार काठमाडौको कीर्तिपुरस्थित हिलसाइड रिसोर्टमा शुभ–साइत गरिएको छ।

चलचित्रको कथाले नेपाली समाजलाई एकपल्ट चकित पार्ने र अढाई घण्टा दर्शकहरुलाई हलमा बाँधिरहन सफल हुने दावी नै गरेका छन्।कार्यक्रममा लेखक तथा निर्देशक जोशीले चलचित्र‘बसन्त ऋतु’को  कथा तथा पटकथा अनि संवाद अत्यन्त सशक्त र नेपालभाषा र नेपाली दुवै भाषामा निर्माण हुने भन्दै अढाई घण्टा सम्म दर्शकहरुको ध्यान तान्न सफल हुने बताए।‘बसन्त ऋतु’ को छायाँकन यसै हप्तावाट  प्रारम्भ हुने पनि जोशीले  बताए। 

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यमा भएको शुभसाइत कार्यक्रममा फिल्मका कलाकारहरु किशोर महर्जन, अनु महर्जन, राजेन्द्र महर्जन, शोभा महर्जन, सुरेश महर्जनलगायतले मुहुर्त शटमा अभिनय गरेका थिए।कार्यक्रममा पत्रकार विजय रत्न असंबरले किर्तिपुर भनेको साँस्कृतिक रुपमा धनी शहर भएकोले यो नगरका कलाककर्मीहरुले बनाउने फिल्ममा यहाँको संस्कृति झल्कनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा चलचित्र वितरक एवं निर्माता गोपालकाजी कायस्थ,नेवाः पत्रकार राष्ट्रिय पत्रकार दबुका अध्यक्ष श्रीकृष्ण महर्जन, नेपालमण्डल टेलिभिजनका जितेन्द्र महर्जन, काष्ठमण्डप टेलिभिजनका नबीन जोशी, किर्तिपुर वडा नं १०का वडा अध्यक्ष अमन महर्जन र सिलु फिल्मका नायक जय श्रेष्ठ महर्जन लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।धुँ देय् प्रोडक्सनका लागि निर्माता रामकृष्ण धिनाको निर्माण रहने चलचित्र फिल्ममा गुज्ये मालाकारको संगीत तथा राजेश शाक्यको छायांकन रहने बताइएको छ।