भोला लामिछाने/यूरोप/१२/२८/१९
गुरूड समुदायले मनाउदै आएको ल्होसार पर्व यसपाली पनी बार्सिलोनामा भब्य तरिकाबाट मनाउन लागिएको छ । हालै नेपालबाट पाल्नु भएका महामहिम नेपाली राजदूत दावा फुटी शेर्पा को प्रमुख आथित्यमा समाजले ल्होसार पर्व भब्य रूपमा मनाउन लागेको हो ।
कार्यक्रममा कल्चर झल्कने सागेतिक प्रस्तुतीहरू पनी रहने समाजले जनाएको छ । साथै यसपाली नेपाली डिस्को ग्रूप डान्स पनी समावेश गरिएको बताईएको छ।
कार्यक्रममा सम्पूर्ण संघ संस्थाका प्रतिनिधी लगायत नेपाली समुदायलाई उपस्थितको लागी निमन्त्रणा गरिसकीएको र सबैजना सहभागी भै कार्यक्रमको शोभा बढाईदिनु हुन अनुरोध गरेको तमु समाज बार्सिलोना स्पेनका अध्यक्ष गौतम गुरूड ले बताए ।
तमु समाज बार्सिलोना स्पेनले हरेक वर्ष मनाउदै आएको ल्होसार कार्यक्रमको यसपाली १३ औ ल्होसार कार्यक्रम हो ।
कार्यक्रम विवरण
मिति - आइताबार २९ तारीख़ ड़िसेम्बर २०१९
समय - बेलुकी ४ बजे देखी राती १०:३० सम्म
स्थान - Casinet हल
Calle Rector Triador 53, Hostafrancs, Barcelona
Metro:L3 Tarragona, L5 sant Estación
Bus: D20, H12, V7, 44, 50 ,78 , 109, 115
सिफारिस
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...
हत्यामा संलग्न रहेको अभियोगमा सुदिप र उदित ठाकुर पक्राउ