-सांकेतिक तस्विर

विप्लव समूहका बारा जिल्ला सेक्रेटरी पक्राउ

Hollywood Khabar September 12,2019 Comments

२८ भाद्र,बारा।सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रा पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार राजन गिरी भनिने मिश्रालाई बाराको परवानीपुर-४ श्रीपुरबाट पक्राउ गरेको हो ।बाराका एसपी विकासराज खनालले  जिल्लामा ठूलो घटना गराउने योजना बनाइरहेको अवस्थामा मिश्रालाई पक्राउ गरिएको भन्दै मिश्रालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।