-डस्टविन वितरण गर्दै डिभिजन वन कार्यालयका प्रमुख केदार वराल

डिभिजन वन कार्यालय तनहुँद्वारा डस्टविन वितरण

Hollywood Khabar May 16,2019 Comments

३ जेठ तनहुँ।स्वच्छ वातावरण अभियान अन्तर्गत डिभिजन वन कार्यालय तनहुँले वन्दिपुर गाउँपालिका अन्तर्गतको डुम्रेवजारमा रहेको डुम्रेवजार टोलविकास संस्थालाइ ३० थान डस्टविन वितरण गरेको छ।पृथ्वीराजमार्ग अन्तरगत पर्ने डुम्रेवजारमा फोहर व्यवस्थापनको समस्या देखिएकोले ३० हजार रुपैंया पर्ने डस्टविनहरु वितरण गरिएको  डिभिजन वन कार्यालयका प्रमुख केदार वरालले जानकारी दिनुभयो।

डस्टविन वितरण कार्यक्रमको अध्यक्षता टोल विकास संस्थाका अध्यक्षले गर्नु भएको सो कार्यक्रममा वन्दिपुर गाउपालिकाका अध्यक्ष पूणसिंह थापा, नेपाली सेनाका मेजर दिपक वहादुर श्रेष्ठ, भानु प्राणी उद्यानका प्रमुख विरेन्द्र कंडेल, स्थानीय समाजसेवी, वुद्धिजिवीहरु लगायत वजारवासीहरुको वाक्लोे उपस्थिती रहेको थियो । देश भरि नै गाउटोल सरसफाइको अभियानले गति लिइरहेको अवस्थामा हप्तामा एक घण्टा डुम्रेवजार सरसफाइ अभियान सञ्चालन गर्न स्थानीयहरुलाइ डिभिजन वन अधिकृत वरालले आग्रह गर्नु भयो । डस्टविन वितरण पछि वजारको सरसफाइको कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।