-राजु खरेल  

७ वर्षीया बालिका बलात्कार गर्ने पूर्वप्रहरी खरेल जेल चलान 

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ, काठमाडौं ।७ वर्षीया बालिका बलात्कार गर्ने  राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेल  जेल चलान भएका छन्। घरमा काम गर्ने महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमाथि सुनुवाई गर्दै जिल्ला अदालत, काठमाडौंले खरेललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो। महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको बताए ।