-Krishna KC

ॐ: जित भन्ने कुरा क्षणिक, हरपल र जिवन्त हुन्छ, कुकुर, स्याल र सिंह जस्तै

Hollywood Khabar October 14,2020 Comments

कृष्ण के सी, अमेरिका/१०/१५,२०२०

गुगल गर्दा पाइएको एउटा अध्ययन रिपोर्ट अनुसार ९० प्रतिशत मानिसहरुमा चार प्रकारका ब्यक्तित्व पाइन्छन। निराशावादी, आशावादी, इर्ष्यालु र भरोशावादी। तर रिपोर्ट भन्छ, जम्मा मानिसहरुको ३० प्रतिशत मानिसहरुमा चाहिं अरु ६० प्रतिशत मानिसहरुको इर्ष्या गर्ने बानी पाइन्छ। यसैले मानिस स्वभावैले इर्ष्यालु छ।

उसै पनि मानिसमा ६ वटा सेन्स हुन्छन भनिन्छ। तर मनोविज्ञानलाइ मिलाएर, पूर्वीय दर्शन मिसाउने हो भने चाहिं यसलाई अलिकति फरक प्रकृतिमा हेर्न सकिन्छ।

  • मानिसमा दुनियाँ र यसका कुराहरुलाई खेलेर, भोगेर हेर्ने इच्छा र क्षमता हुन्छ
  • मानिसमा हरेक बिषयलाइ हेर्ने आफ्नै भित्री ज्ञान हुन्छ। त्यो कुरा पढेका व्यक्ति मात्र होइन जो कोहिबाट पनि अभिव्यक्त हुन सक्छ
  • मानिसको हरेक बिषय, प्रसङ्ग, बस्तु, कुरालाई प्रतिक्रिया दिने र त्यसप्रति गर्ने प्रतिजवाफ हुन्छ। एउटा खराब एउटा असल अर्थात कि समर्थनमा हुन्छ कि बिरोधमा
  • मानिसमा अरुलाई दिने, खुवाउने र बचाउने कुरा हुन्छन।
  • हरेक मानिसमा यौन खमता, इच्छा र निरन्तरता हुन्छ।
  • हरेक मानिसमा आफ्नै खाले संचार बिधि हुन्छ।

यी थिए बिधि र बिज्ञानका कुरा मैले पढेका, बुझेका, गुगल गरेका र भेटेका। अब कुरा गरौँ म आफूले बुझेका र मैले मानेका कुरा। जे कुरा म लेख्दै छु, त्यो कुनै अनुसन्धान र विधिगत प्रमाणित गरिएको कुरा होइन। मैले भोगेका र बुझेका आधारमा तुलनात्मक रुपमा व्यक्त गरेको छु। माथि उल्लेखित छ वटा मानिसका कुरा मध्ये यो पनि म आफूमा भएको एउटा कुरा हुनसक्ला।

  • बलले जित्ने कुरा जहिले पनि क्षणिक हुन्छ। जब शरीरमा बल सकिन्छ र मान्छे निर्बल हुन्छ उसलाई संगत दिनेले पनि छोड्दै जान्छन। जस्तो कि कुकुर आफ्नो बलले जित्छ। आफू शरिरमा सानो भएपनि ठूला शक्तिलाई भुक्छ तर ठूलो या बलवान कुकुरसँग हार्छ। तर पनि भुक्ने काम भने गरिरहन्छ। ठीक यसै बर्गका मानिसको स्वभाव पनि कुकुरको जस्तो हुन्छ। बल हुँदा भुक्ने बुढो, गाउँ, समाज र टोलमा फाँडेर शक्तिले कजाउने। बिस्तारै बुढो भएपछि लुते हुँदै केहि बर्षमा हराउने। बलका कारण जित्नेहरु निर्बलतासंगै क्रमिक रुपमा हार्दै जान्छन। अथवा समाजमा ऊ भन्दा बलियो अर्को शक्ति आयो भने पनि हार्छन। ठ्याक्कै कुकुरको जस्तो। घर र समाजमा उनीहरुको स्थान गिर्दो हुन्छ। अन्तत, यस्ता मान्छेहरु कि त निराश हुन्छन, कि लाचार हुन्छन, कतिपय चाहिं ग्लानिले गर्दा आत्महत्या गर्छन।
  • दृष्टि, दिमाग र दिलले लाग्ने मान्छे हरपल जित्छ। यस्ता मान्छेले हरेक बिषयलाइ हेर्ने जस्तो को स्यालावलोकन र सिंहावालोकन भन्ने चलन छ। स्यालले दाँया र बाँया मात्र हेर्छ। स्याल चलाख त हुन्छ तर बस्तुको वास्तविक दायाँ र बायाँबाट हेर्दा अन्दाज गर्न सक्दैन। स्यालले कहिल्यै पनि योजना गर्दैन। त्यसैले स्यालको सिकार चुक्छ र चोरेर खानुपर्छ। तर सिंहले तल देखि माथि सम्म पुरा हेर्छ। उसलाई बस्तुको उच्चाइ, लम्बाई, चौडाइ सबै स्वरुप र शक्तिको अन्दाज हुन्छ। सिंहले योजना गर्छ। अनि सिंहको सिकार कहिल्यै चुक्दैन, चोरेर र सिनो पनि खानु पर्दैन। यो बर्गका मानिसहरु पनि सिंहले जस्तो तल देखि माथि सम्म दृष्टि लगाउँछन्। दिमाग लगाएर बिषयलाई मुल्यांकन गर्छन अनि बुद्धिको प्रयोग गरेर योजना गर्छन। ठ्याक्कै सिंहको जस्तो। यस्ता मान्छेहरु हरपल वर्तमान अवस्थामा जित्छन तर उनीहरुको जित जिवन्त रहन्न, उनीहरुको इहलीला समाप्त पछि जित पनि सकिन्छ। किनकी यिनीहरुमा तत्कालको कुरामा जित्ने योजना हुन्छ तर दोगो सोच हुँदैन।
  • जो सोचले जित्छ उसको जित जिवन्त रहन्छ। सोच र बिचारको जित सजिलो भने हुँदैन। पहिला उसका कुरा कसैले पत्याउँदैनन्, पत्याए पनि साथ् पाउँदैन र कठिन प्रयास पछि जित हुन्छ। त्यो समय व्यक्तिको उमेर र समय घर्केको हुन्छ, जितको महत्व नै कम हुन्छ। बिस्तारै सोचका व्यक्ति अस्तायर जान्छन तर पनि उसको जित जिवन्त रहन्छ अनन्त सम्म। सोचले जित्ने व्यक्ति नेता, राजा, बैज्ञानिक, ज्ञानी र सज्जन अनि भलादमी हुन्छन। उनीहरु दुनियाँलाइ कम्प्लेन गर्दैनन तर एउटा सोचले त्यसलाई ठीक पार्नतर्फ लाग्छन। सोचले जित्नेहरु एकदम कम हुन्छन।