- पैदलयात्रीको साथबाट बरामद गरिएको प्रतिबन्धित लागुऔषध।

बालाजु प्रहरीद्वारा लागू औषध सहित युवक पक्राउ

Hollywood Khabar February 16,2019 Comments

६ फागुन काठमाडौं।काठमाडौंको वाईपासबाट बाट खटिएको प्रहरी टोलीले पैदलयात्रीको साथबाट प्रतिबन्धित लागु औषध बरामद गरेको छ।प्रहरीले ४ गते पैदलयात्रीलाइ चेकगर्ने क्रममा बालाजु,वाईपासका १९ बर्षीय सोम पुतुवारको साथबाट लागू औषधहरु डाईजेल्याप, फेनारगन, नुफिन, प्रोमेथार्जाईन गरी ३२ सेटमा ९७ थान, स्पास्मो दुई पातामा १३ थान र सिरिन्ज थान-४ सहित नियन्त्रणमा लिएको हो।पुतुवारलाइ आवश्‍यक कारवाही प्रकृया अगाडी बढाईएको बालाजु प्रहरीले जनाएको छ।