-सांकेतिक तस्विर

बाँकेमा भारतीय नागरिकद्वारा नेपाल प्रहरीमाथि आक्रमण

Hollywood Khabar May 16,2019 Comments

४ जेठ,काठमाडौं।बाँकेमा भारतीय नागरिकले नेपाल प्रहरीमाथि आक्रमण गरेका छन् ।बाँकेको नरैनापुर गएराति सीमा नाकामा जाँचका क्रममा नेपाल प्रहरीले ५ किलो चरेससहित एक भारतीय नागरिक देवीदिन विश्वकर्मालाई पक्राउ गरेपछि भारतीयले नैरनापुर ५ भगवानपुरस्थित प्रहरी चौकीमा ढुङ्गामुढासहित आक्रमण गरेका हुन्।नेपाल प्रहरीले प्रतिकारमा ६६ राउन्ड हवाइ फायर गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।