--डिल्ली प्रसाद मूलतिहुन, मोलुङ -५ ,ओखलढुङ्गा/१०/१४/२०

वैरी-वन्दना

Hollywood Khabar October 13,2020 Comments

अवश्य चिन्छु दुष्ट हौ तथापि गर्छु वन्दना
तिमीविना नजन्मिने थियो अमूल्य सिर्जना
तिमी पछार्न आउँदा कला सिकेँ खडा हुने
खुँडा लिएर आउँछौ उपाय झिक्छु जोगिने ।१।

तिमी पस्यौ समाजमा घमण्ड धार लाउन
म पोखरी बनेँ सफा असभ्यता भगाउन
असत्य काँधमा तिमी चढाउँछौ सदा किन ?
विकल्प खोज्छ सत्यले असत्य गल्छ त्यो दिन ।२।

थला प~यो कुनै भने निचोर्न ध्यान लाउँछौ
तिखा तिखा फलामका किला लिएर आउँछौ
अनेक त्रास ल्याउँदै समाजमा भ~यौ भय
अमानवीय कामकै गरौँ गरौँ भयो जय ।३।

यहाँ नयाँ नयाँ कुरा तिमी भएर खोजियो
नतर्स चाल पाइयो कता कता ग~यौ चियो
समस्त प्वाल टालिने उपाय छन् अझै यहाँ
सिकाउने तिमी भयौ म गर्छु लाख वन्दना ।४।

तिमी थियौ र पो यहाँ असभ्य चिन्न पाइयो
सुसभ्यता बचाउँदै सुमार्गतर्फ आइयो
विषालु सर्प हौ तिमी सधैँ सधैँ छ सम्झना
सधैँ सबै डसी बसे म गर्छु नित्य वन्दना ।५।