-बैदेशिक रोजगार कोष माथिको गिद्दे दृष्टीप्रति महासमिति सदस्य भण्डारीको आपत्ति

बैदेशिक रोजगार कोष माथिको गिद्दे दृष्टीप्रति महासमिति सदस्य भण्डारीको आपत्ति

Hollywood Khabar April 19,2020 Comments

खाडीको ४२/४५ डिग्रीमा काम गर्न जॉंदा बुझाएको १% रकमबाट श्रम कोषमा जम्मा भएको लगभग १२ अर्ब रकमलाई खर्च गर्नेगरी नेपाल सरकारले गरेको तयारी गैर जिम्मेवार छ। यतिमात्र हैन, यो आपत्तिजनक समेत छ। कोरोनाको महामारीपछि हाम्रा लाखौ दाजुभाईहरु खाडीबाट स्वदेश फर्कदैछन्। हो त्यहि बेला उनीहरुबाट जम्मा भएको रकम उनीहरुको स्वरोजगार कार्यक्रम र हितमा खर्चिनु पर्दछ।

अहिले, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संघिय सभाको दुबै सदनका सदस्यले पाउने सुबिधामा केहि कटौती, प्रान्तिय सरकार, मन्त्री र सदनका सदस्यका सुबिधाहरु र सबैखाले संसद कोषमा बिनियोजन गरेको रकम कोरोना राहत कोषमा जम्मागरी देश तथा बिदेशमा श्रम बगाएका श्रमजिबीहरुको हित र उद्धारमा लगाउन म सरोकारवाला सबैसंग बिनम्रतापुर्वक अनुरोध गर्दछु।

संगै, गैरआवासीय नेपाली संघले यस सम्बन्धमा सरकारलाई आवश्यक सहजकर्ताको भूमिका निर्वाह गरी हाम्रा खाडीमा पसिना बगाएका दाजुभाईहरुको रगत र पसिनाबाट जम्मा भएको कोषको दुरुपयोग हुन नदिन आग्रह गर्दछु। अन्यथा, परिस्थिति दिनानु दिन भयावह बन्दै छ र यसबाट आउने परिणाम अझबढी चुनौतीपुर्ण हुनेमा सचेत गराउँन चाहान्छु।

हरिबोल भण्डारी

नेपाली जनसम्पर्क समिति केन्द्रिय सदस्य तथा महासमिति सदस्य, नेपाली काँग्रेस पार्टी

अप्रिल २०, २०२०