गजल -

Hollywood Khabar January 22,2018 Comments

यो मन जस्तो फराकिलो धन हुँदैन 
धन सधैं हुनसक्छ यौवन हुँदैन ।
,,,
माया माया नभन न जिन्दगीमा फेरि 
मुटु आँफुसँग हुन्छ धड्कन हुँदैन ।
,,,
सुन्दर जुन प्रति लालायित नहोउ 
थाहा छैन ? त्यहाँ त अक्सिजन हुँदैन ।
,,,
शब्दले सुन्दरता बर्णन गरे जस्तो 
चरित्रको कुनै खास् पहिरन हुँदैन ।
,,,
नचाहेर पनि सम्हाल्नु पर्छ सित्तैमा 
त्यसै आउँछन् दुख उत्खनन हुँदैन ।
,,,
बचपनको याद यो अर्थमा आउँछ 
बुढो हुँदा घर हुन्छ आँगन हँदैन ।
,,,
मान्छे अब मान्छे भन्दा माथि उठिसके 
त्यसैले कुनै नियम पालन हुँदैन ।
- गणेश प्रसाद पौडेल " बहुरुपी " 
अर्जुन चौपारी गाउँ पालिका - ३ स्याङ्जा 
हाल : कतार