-सांकेतिक तस्विर

बाढीमा ज्यान गुमाउनेका परिवारलाई तीन लाख राहत 

Hollywood Khabar July 12,2019 Comments

२८,असार,जनकपुर।प्रदेश २ सरकारले बाढीमा परी ज्यान गुमाउनेका परिवारलाई तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने भएको छ।शनिबार बसेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकले उक्त निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। बैठकले बाढीमा फसेका तथा जोखिममा परेका सर्वसाधारणको उद्धारका लागि सबै निकायका सुरक्षाकर्मीलाई परिचालन गर्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ।