-अख्तियारका आयुक्त पाठक

महाअभियोगबाट बच्न अख्तियारका आयुक्त पाठकले राजीनामा दिए 

Hollywood Khabar February 14,2019 Comments

३ फागुन, काठमाडौं।आफूमाथि महाअभियोग लाग्न ठिक्क भएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण राजीनामा दिएका छन् ।संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला पाठकले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन्।पाठकले अख्तियारजस्तो संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया भनेको महाअभियोगको कारवाही हो ।

राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेको अवस्थामा पाठकमाथि महाअभियोगको कारवाही हुनसक्ने स्रोतको भनाइ छ ।राजीनामा स्वीकृत भएको अवस्थामा चाहिँ पाटकमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बाटो खुल्ने छ ।राजीनामा दिए पनि उनी भ्रष्टाचारको कारवाहीबाट जोगिने अवस्था भने छैन ।भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका थिए ।