गायिका अञ्जु पन्त र अमेरिकामा बसोबास गरिरहेका गायक बिन्ती कुमार गुरुङको स्वरमा रहेको माया त यस्तो गीतको भिडियो सार्वजनिक भएको छ।
मनोज साङसन राईद्वारा संगीतबद्ध उक्त गीतमा एमडि फिरकको शब्द छ । उक्त गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । यो गीत गीति एल्बम ‘बिन्ति’ मा समावेश छ।सान थापाद्वारा निर्देशित भिडियोमा अनुराग र आशाले अभिनय गरेका छन् । राजीव समरद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई प्रकाश गुरुङ ‘कास’ ले छायांकन गरेका छन् ।
भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने यसमा विकास ताम्राकारले ड्रोन सञ्चालन गरेका छन् । भिडियोमा अभिनय गर्ने कलाकारहरू कमल मानन्धरद्वारा डिजाइन गरिएका पहिरनमा सजिएका छन् ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!