-NRNA NCC USA:नेविसंघको पुर्ब केन्द्रिय सदस्य अन्जन चौलागाइ महासचिवका उम्मेद्वार

NRNA NCC USA:नेविसंघको पुर्ब केन्द्रिय सदस्य अन्जन चौलागाइ महासचिवका शक्तिशाली उम्मेद्वार

Hollywood Khabar April 24,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२५/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा न्यूयोर्कका अन्जन चौलागाइ महसचिवका उम्मेद्वार भएका छन्।

एनआरएनए एनसीसी अमेरिकाको महासचिव पदमा न्युयोर्कका अन्जन कुमार चौलागाईंले दिएका उमेद्वारीलाई खास अर्थमा हेरिएको छ। चौलागाईं न्युयोर्क वरपर बस्ने नेपालीका लागि परिचित नाम हो । उनी यहाँको सामाजिक कामहरुमा दिलो ज्यान दिएर लाग्ने यूवा हुन् । उनले सुर्य लम्साललाइ समर्थनगर्दै उमेद्वारी दिएका हुन् । उनको उम्मेदवारीसंगै लम्सालको चर्चा र स्थितिमा पनि परिवर्तन आएको कुरा उनका निकटतमहरुले दावी गरेका छन्।

राजनीतिक चेतले खारिएका यी यूवा शंकरदेव क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियू सभापती भईसकेका ब्यक्ति हुन्। उनी नेविसंघको पुर्ब केन्द्रिय सदस्य हुन् र सिन्धुपाल्चोक कांग्रेसमा पटक-पटक जिल्ला कार्य समितिको सदस्य भएर काम गरिसकेका छन्।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले जेल समेत भोगेका छन्। ०६२/०६३ को आन्दोलनमा ३ महिना जेल बसेका उनलाई सर्वोच्च अदालतले बन्दि प्रत्यक्षीकरण रिटका आधारमा रिहाई गरेको थियो ।
नेपालमा सिन्धुपाल्चोक घर भएका चौलागाईं सानैदेखि नै सामाजिक सेवाका काममा सक्रिय हुने बानीका कारण स्थानीय बिभिन्न सामाजिक संस्थाहरुमा नेतृत्वदायी भूमिका गरेर राजनीतिमा समेत होमिए । समाज परिवर्तनका लागी भनेर उनले विद्यार्थी राजनीति समेत गरे र सफल रुपमा नेविसंघको केन्द्रिय सदस्य समेत भए।

अमेरिकाको नेपाली समाज बिभिन्न कुराले विभक्त छ। मैले सबैलाई एक बनाउने उद्देश्यका साथ अगाडी आएको हुँ, चौलागाईंले हलिउडखबरसँग भने। अब अमेरिका आएपछि नेपालको राजनीति भन्दा माथि उठ्नु पर्छ। त्यसैले गर्दा आफू सुर्य लम्सालको समुहमा जोडिने निर्णय लिएको पनि उनले बताए। उनी भन्छन, सुर्य लम्सालको समुह राजनीति र अन्य स्वार्थभन्दा माथि छ ।

मेरो समाज सेवाप्रतिको सक्रियता हेरेर साथीभाईहरुको आग्रहमा मैले उमेद्वारी दिएको छु, चौलागाईले भने। म न्यूयोर्क मात्र होइन अमेरिकभरी नै सामाजिक काममा संलग्न हुन् चाहन्छु, सबै नेपाली अमेरिकनको हुन चाहन्छु। त्यसैले सबै मतदाताको मत पाउने विश्वास गरेको छु।