-NRNA NCC USA:अमृत सापकोटा बरिष्ठ उपाध्यक्ष उम्मेद्धार

NRNA NCC USA:चर्चाको शिखरमा पुगेका अमृत सापकोटाले बरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी दर्ता गरे

Hollywood Khabar April 19,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२०/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा अमृत सापकोटाले बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

पछिल्लो हप्ता एकाएक चर्चामा आएका सापकोटा यो पटकका चारजना बरिष्ठ उपाध्यक्षका उम्मेद्धारहरु भन्दा धेरै चर्चामा मात्र होइन एक दरिला उम्मेद्धार समेत मानिएका छन्।

सापकोटाले गरेको अपिलको प्रति:

एनआरएनलाई मायाँ गर्ने अमेरिकाबासी आदरणीय बा–आमा, दाजुभाई दिदीबहिनीहरु,

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा मैले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छु ।

एनआरएनलाई हुनेखानेको क्लबबाट माथि उठाएर अमेरिकामा रहेको विभिन्न वर्ग र समुदायले मेरो एनआरएन र हाम्रो एनआरएन बनाउनका खातिर मैले उम्मेदवारी दिएको हुँ।

अमेरिकामा रहेका नेपाली समुदायलाई कुनै पीडा पर्दा मलहम लगाउने र खुशीयालीमा शेयर गर्ने संस्थाका रुपमा यसलाई अघि बढाउने सोचले मैले उम्मेदवारी दिएको छु । तपाईहरुको विश्वासलाई मैले व्यक्तिगत हिसाब किताव र व्यबसाय प्रवद्र्धनमा नलगाई तपाइहरुकै सेवामा लगाउने वचनवद्धता समेत प्रकट गर्दछु ।

अमृत सापकोटा

वरिष्ठ उपाध्यक्षको उम्मेदवार

ड्यालस, टेक्सस

जय एनआरएन, जय नेपाल !