https://www.youtube.com/embed/dVo00YCGyzk

आउनु है कान्छी-अमृत भण्डारी

Hollywood Khabar April 26,2017 Comments

एकदिन श्रीमति संगै टिभि हेरीरहेको बेलामा टेलिभिजनमा आएको गीतलाई “ए कस्तो बेसुर गाएको” भने पछि श्रीमतीले जस्तो बेसुरमा गाए पनि टिभिमा आइरहेछ तपाँइको खोइ ? भन्ने जवाफ दिए पछि आफुले खोलेको ट्राभल एजेन्सीबाट आएको थोरै पैसाले सुटुक्क श्रीमतीलाई थाहै नदिइ आज भन्दा आठ बर्ष पहिले नै नजर एल्बुम निकाली कान्तिपुर टेलिभिजनमा उक्त गीत बज्ने समय एकैचोटी टिभि हेर्न भनेर श्रीमतीलाई दंग परेका गाएक मोहम्मद वारिस खाँको बारेका उनको दोश्रो गीति एल्बुम आगो र फूल बिमोचन हुदा थोरै भए पनि बुझ्ने मौका पाएको थिए।

अगाडि लस्करै कुर्सिहरुमा सङ्गीतकारहरु महेस खड्का, सुरेस अधिकारी, लक्ष्मन सेस, हरी लम्साल, राम भट्टराई नायिका रेखा थापा लगाएतका थुप्रै कलाकर्मिहरु बस्नु भएको थियो र संगीतकार नरहरी प्रेमी गाएक मोहम्मद वारिस खाँ को जीवन काहानी र संघर्सका कुरा सुनाउनु हुदै थियो। मंचको अगाडि बस्नेहरु कोहि आसुझार्दै हुनुहुन्थ्यो कहिले–कहिले हाँसेको पनि सुनिन्थ्यो किनकि जीवनमा ठूलो संघर्स पछीको सफताको कथा थियो त्यो।

निकै दयालु अनुभबि गणित बिषयको प्रोफेसरको छोरा २०३१ सालमा सिदार्थ नगरपालिका १ बेलहैया, रुपन्देहिमा जन्मिएका मोहम्मद वारिस खाँ। पिता सबथोक गर्नु हुन्थ्यो आफु कलेज नगएको दिनको हाजिर लगाउनु हुन्नथ्यो। गणित विषयको प्रोफेसर भएर पनि पैसाकालागि कहिल्यै ट्युसन कक्षा पढाउनु भएन, एक दमै राम्रो टिचर उहाँले पढाएको अधिकांस बिद्यार्थी सयमा सय पनि ल्याउथे रे, नबुझेकाहरुलाई घरमै बोलाएर निशुल्क सिकाइदिनुहुन्थ्यो कोहि गरिब खाना नपुग्ने रैछ भने विचरा गरिब रैछ पढ्ने इच्छा गरेको छ भनेर एकबोरा चामल दिन पनि पछी नपर्ने मान्छे आफ्नो छोलाई गायक नभई पढेर जागिर खावस, की त व्यापार व्यवसाय गरोस भन्ने सोच राख्नु हुदोरहेछ।  त्यसैले घरमा गीत खुलेर गाउन नपाएका खाँ लाई साथिहरुले पनि कहिले गायककार, किसोर कुमार जस्ता नामले जिस्क्यउने मजाक, उडाउनेहरु भएको हुदा समाजमा पनि त्यति राम्रो गाउन पाएनछन्।

लुकि लुकी गीत गाउने खाँलाई पढाइ पछी बुवाले करिव रु. दसलाख जति लगानि गरेर दुकान खोलिदिनु भएछ। तर उक्त दोकानलाई खाँ ले व्यापार गर्ने भन्दा गीत गाउने मौका को रुपमा लिएछन्। त्यसमा एउटा माइक्रो फोन लाउड स्पिकर जोडि दिनभरी गीत गाएर बस्थेरे। एकदिन उनको दोकानमा एउटा मगन्ते हार्मोनियम सहित गीत गाएर माग्न आएछ उनलाई त्यो हार्मोनियाको धुनले लोभ्याए पछी हार्मो नियम सिकाइदिन अनुरोध गरेछन्। आफैले बाह्र हजार रुपैपा हालेर त्यो मगन्तेलाई रिक्सा किनिदिएर बस्ने कोठा मिलाईदिएर राखेछन् । बेलुका दोकान बन्द गरेर खाँ उसैसंग  हार्मोनियम सिक्न थाले छन्। “एक प्यारका नगमा है मजुनकी रवानी, जीन्दगी तेरी मेरी कहानी है और कुछ भी नही है ..” भन्दै गाना गाउन सिकाउदो रहिछ। करिब एक महिना हार्मोनियम सिकाए पछी उ त्यहाँ बाट वेपत्ता भएछ। तिन चार दिन लगातार जाँदा पनि नआए पछी ढोकाको ताला फोड्दा त्यो हार्माेनियम त्यहि छोडेर गएको रहेछ। तर समस्या अलि–अलि बजाउन सिकेको हार्मोनियम कहाँ लगेर राख्ने खाँ लाई समस्या भएछ घर मा लगेर राखु पिता जी गायक बनेको देख्न चाहनु हुदैन।

कहिले कता कहिले कता साथीको मा रोखेछन् एकदिन उनकै साथी व्यापारीले तपाँइको इच्छै गायनमा छ बेकार के यो दुकान गरेर बस्नु हुन्छ काठ्माण्डौं जानुस राम्रो संग सिक्नुस भनी सल्लाह दिएपछी भए जतिको पैसा पोको पारेर काठमांडौ हानिएछन्। कसैले उनलाई नरहरी प्रेमी उतैतिरको हो भने पछी अरु भन्दा नरहरी कै विस्वास भएछ। अब बस्ने ठाउको पनि व्यबस्था गर्नु थियो एकजना साथी संग मोटरसाइकलमा दिनभरी कोठा खोज्दा पनि नाम भने पछी कसैले कोठा दिएन छ, अनि अन्तमा त्यहि साथिले भने छ।यार नाम चेन्ज गर सन्दिप सर्मा। नाम बदलेर जाने बित्तिकै कोठा पाएछ काठमाण्डौंमा। त्यसपछी प्रकास गुरुङ विजय सिंह संग सिक्दा सिक्दै एउटा सम्पन्न परिवारको छोरा बाबुको इच्छा विपरितको काम गर्न पैसा माग्ने आट नभए पछी अभाबै अभाब झेल्दै पुनः आफ्नो भाग्यमा परेको हार्मोनियम संगितकार नरहरी प्रेमी लाई यो तिमिनै सिक, तिमिनै अगाडि बढ भनि उतै छोडेर घर फर्किनु परेछ।

घर फर्केर पनि आफ्नो संघर्स लाई निरन्तरता दिन उनले ट्राभल एजेन्सि सुरु गरी पैसा जम्मा पार्न थालेछन्। आठ दस वर्ष पछी टेलिभिजनमा आएको त्यही कुराले उनि गीत रेकर्ड गर्न काठमाण्डौ गएछन् पितालाई थाहै नदिई अफिसको काममा जादै छु भनेर। घनस्याम परिश्रमिको गजल र केही आफैलेखेर आफै संगीत गरेर काठमाण्डौंमा नरहरी प्रेमीकै सहयोगमा तिलक बम मल्लको स्टुडियोमा नजर एल्बुम तयार भए छ। एल्बुम बजारमा आइसके पछी एल्बुमले त्यति सोचे जस्तो सफता पाउन नसके पनि गाउमा गाएककार किसोरकुमार भनेर मजाक उडाउनेहरु भने कम भएछन्। त्यसपछी फेरी विजनेसलाई नै निरन्तरता दिदै अब गाउदिन होला भन्ने सोच आइसकेका गाएक खाँको एकजना चिनेको साथी बैकुन्ढ पौडेलले शितल कादिम्बिनी संग परिचय गराइदिनु भएछ। एउटा एल्बुमको कार्यक्रमा मुम्बै जाने क्रममा खाँको नजर एल्बुमका गजल शितल कादिम्बिनिले सुने पछी । तपाँइ राम्रो गायक हुनुहुदो रैछ काठमाण्डौ आउनुस म राम्रो मान्छे संग भेट गराउछु भनिबोलाएर सुरेस अधिकारी, महेश खड्का, लोकराज अधिकारी, राम भट्टराइ लगाएतको सहयोगका "आगाे र फूल" नामको अर्को एल्बुम तयार भएछ।

सानोमा भारतबाे सिमा नजिक घर भएको हुदा पढाई इनिडयामै गर्दा उता हिन्दमा गीत गाउने खाँ ठूलो हुदै जाँदा नेपाली गीत सुन्न थाले पछी हिन्दि भन्दा नेपाली गीत मिनिङफुल लाग्न थाले पछी यतैको गितमा डुब्न थालेका रहिछन्। उनि अहिलेको जातजाती मधेस पहाड को विचमा आएको खाडल प्रति सन्तुस्ट छैनन्। भन्छन् सबै सबैलाई सम्मान गर्दै धोति कुर्ता लगाएर ठेट नेपाली गीत गाउने दौरा सुरुवाल लगाएर भोजपुरी गीत गाउने गर्दा खेरी हामी यस्तो कोइ मधेसी पहाडि, गुरुङ, राई लिम्बु भनेर नछुट्टिइ सबै नेपाली हुन्थ्यौ की भन्ने बिचार राख्ने रहेछन्।

मिहनेत र प्रतिक्षाको फल मिठो हुन्छ भनेझै उनले लामो समयको अन्तराल पछी तयार पारेको आधुनिक गीति एल्बुम आगो र फूल अहिले चर्चा चुम्न सफल भएको छ। म्युजीक संससार नेपाल प्रा.ली. को प्रस्तुतीमा रहेको उक्त एल्बुममा चार वटा गीत समावेस गरीएको छ। कि त मेरो मुटुलाई आगो बनाइदेऊ, आउनु है कान्छि, काली काली र जीनदगीभर बोलका गीतहरु छन्। सितल कादिम्विनिको शव्द, शिखर सन्तोसको संगीत रहेको कित मेरो मुटुलाई र सुरेस अधिकारीको शव्द सङ्गीत रहेको आउनुहै कान्छी बोलको म्युजिक भिडयो युट्युबमा राखिएका छन्। छोटो समए मै अत्याधिक हेरीएको मा खुसि भएका गाएक मोहम्मद वारिस खाँ अहिले आफ्नो चर्चा सुनेर पिता जी पनि खुसि भएको सुनाए। उनि आफ्नो व्यवसाय र रुचिको क्षेत्र दुबैलाई समान रुपमा निरन्तरता दिने विचारमा छन् । नेपालमा जताततै हिन्दी गीतहरुले राज गरीरहदा तराइको मुस्लिम परिवारमा जन्मिएर हिन्दी गीतमा रमाउनुको साटो नेपाली आधुनिक सङ्गीतमाउनको लगाव त्याग र तपस्यामा लाग्नु यो समाजको गाली साँच्चीकै उदाहरणिय छ।

आउनु है कान्छी ः https://youtu.be/dVo00YCGyzk