Narayan Khanal

आमा--खनालको मार्मिक कविता

Hollywood Khabar July 16,2018 Comments

नारायाण खनाल
आमा तिमी मलाई जन्मायौ बडायौ
दस धारा दुध अनी साथमा पढायौ
ताते ताते भन्दै अगाडी बडायौ
तर आज एक्लै छाडेर कॉ गयौ ?

मलाई चोट लाग्दा तिमीलाई दुख्दथ्यो
आखाका कि ऑसु ऑखैमा सुक्दथ्यो
मैले खाए आमा , तीमीलाई पुग्दथ्यो
तर आज एक्लै छोडेर कॉ गयौ ?

मलाई गाली गर्दा तिमीलाई पोल्दथ्यो
मनका ति ईक्षा मनमै जल्दथ्यो
म हॉसे पो तिमीलाई खुसीले छाऊदथ्यो
तर आज एक्लै छोडेर कॉ गयौ ?

एक्ले छाड्नु थियो त किन जन्म दियौ ?
आमा तिमी मेरो भगबानै थियौ
तिम्रो दुधको भारा तिर्न न पाई  कन
तर आज एक्लै छोडेर कॉ गयौ ?