-सांकेतिक तस्विर

अबुधाबीमा भएको बस दुर्घटनामा ३ नेपाली महिलाको मृत्यु, १४ घाइते-नामावलीसहित 

Hollywood Khabar January 15,2020 Comments

३ माघ,काठमाडौं।आबुधाबीमा बिहीबार भएको बस दुर्घटना ३ नेपालीको ज्यान गएको छ भने १४ नेपाली घाइते भएका छन् ।एमबीएम कम्पनीमा कार्यरत नेपाली कामदार सवार बस  काममा जाँदै गर्दा बिहीबार बिहान अल रहामा गुडिरहेको लरीमा ठोक्किएको थियो ।चालकसहित २४ जना सवार बस दुर्घटनामा परि झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङको ज्यान गएको नेपाली दूतावास अबुधाबीले जनाएको छ । मृतक तामाङको ठेगाना खुल्न बाँकी छ ।

दुर्घटनामा परि घाइते हुने १४ नेपालीमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई रहेका छन् ।तेसैगरी इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा  घाइते भएको नेपाली दूतावास अबुधाबीले जनाएको छ । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।

मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।आबुधाबीस्थित नेपाली दूतावासका राजदुत कृष्ण प्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पिआरओ) इरफान आलम अस्पताल पुगेर मृतक र घाइतेको अवस्था बारे जानकारी लिएका छन् ।