-सांकेतिक तस्विर

अवैध क्रसर उद्योग !सीडीओले बन्द गर्दै नगरपालिका खोल्दै

Hollywood Khabar January 17,2020 Comments

४माघ लमजुङ।लमजुङमा मापदण्ड विपरीतका भन्दै जिल्ला प्रशासनले बन्द गराएका २ वटा अवैध क्रसर उद्योग नगरपालिकाले संचालन गर्न दिएको छ।लमजुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बन्द गरेको क्रसर उद्योग बेसीशहर नगरपालिकाले खुलाएको हो । बेसीशहर नगरपालिका १ उदीपुरमा सञ्चालित उद्योग भट्टराईले बन्द गराएपनि नगरपालिकाले सञ्चालन गर्न अनुमती दिएको हो ।प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले आगुले बन्द गराएको अबैध रुपमा सञ्चालन भएका लमजुङ्ग क्रसर र त्रिवेणी रोडा ढुंगा ब्लक उद्योगलाई   आफु सरुवा भएको एक हप्ता नवित्दै  नगरपालिकाले सञ्चालनका लागि अनुमति दिएको कुरा आफ्नो  फेसबुकमा समेत लेखेका छन् ।

मापदण्ड विपरीत सञ्चालन भएका २ क्रसर उद्योगलाइ प्रशासनले पत्रकाटेर बन्द गर्न भनिए पनि  उद्योग सञ्चालकले बन्द गरेका छैनन्।घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख टोपलाल भुषालले पनि पुरानो मापदण्डअनुसार क्रसर उद्योग सञ्चालन भएकाले नवीकरण रोकिएको बताए ।बेसीशहर नगरपालिका–१ उदीपुरामा सञ्चालित लमजुङ क्रसर एण्ड कन्सट्रक्सन र त्रिवेणी रोडा ढुंगा एण्ड बल्क उद्योग नियमविपरित सञ्चालनमा रहेको पाइएको हो ।

लमजुङ क्रसर एण्ड कन्सट्रक्सनको सञ्चालक निर्मलजंग घले र त्रिवेणी रोडा ढुंगा एण्ड बल्क उद्योगका सञ्चालक दिपेश श्रेष्ठ हुन् ।निर्मलजंग सञ्चालक रहेको लमजुङ क्रशर एण्ड कन्सट्रक्सन २०६८ साल फागुन २१ गते दर्ता भएको नियम विपरित सञ्चालित क्रसर बन्द गर्न सम्बन्धित निकायलाई पत्राचार गरे पनि सञ्चालकले नटेरेका हुन् ।